Bisal Chautari Logo

Dayahang Rai भन्छन्, : ‘म होटल साहुजी’

- १८ पुष २०७१, शुक्रबार १०:४५ मा प्रकाशित


dayahang rai says: ‘I hotel owner”
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १८, शुक्रबार । अभिनेता दयाहाङ राइले आफू ‘होटल साहुजी’ भएको बताएका छन् । तर अभिनेता दया होटल साहुजी भने चलचित्रको पर्दामा बनेका हुन् । माघ २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’मा दयाले यस्तो भूमिका निर्वाहा गरेका हुन् ।dayahang rai says 'I hotel owner
अभिनेता दयाहाङले भने–‘सिनियर फिल्म मेकर मुनाल घिमिरेले पहिलोपटक चलचित्र निर्देशन गर्ने सोच सहित मसग आउनुभयो । मुनालजीले मसग काम गर्ने योजना बनाएर आउनुभएको थियो । नाटकमा सगै अभिनय गरेपनि मैले सुवास थापासग चलचित्रमा काम गर्ने अवसर पाएको थिइन । सुवाससग काम गर्दा रमाईलो भयो । इच्छामा काम गर्दा एक शसक्त टीम बन्छ भनेर काम गरेको हो’, अभिनेता दयाहाङले बताए ।
त्यस्तै चलचित्रमा होटल साहुजीको भूमिका भएपनि पात्र चाहि रेगुलर नै रहेको दयाले बताए । कुनै एकदमै अप्ठेरो र नया भन्दा पनि सधै देखिने पात्रको रुपमै छु । मलाई पनि मेरा साथीले आफ्नो इच्छा पुरा गर्न सहयोग मागिरहेका हुन्छन्, मैले पनि साथीहरुसग त्यस्तै अपेक्षा गरेको हुन्छु । चलचित्र भित्र माया प्रेम पनि छ,’ अभिनेता दयाहाङले बताए ।

प्रतिक्रिया