Bisal Chautari Logo

नन्दिता भन्छिन्–‘आफ्नो मान सम्मान र समान हिस्सा खोजेको युद्ध हो यो मेरो’ (भिडियो हेर्नुस्)

- १८ पुष २०७१, शुक्रबार ०९:५४ मा प्रकाशित


Nandita KC movie Logne Manchhe
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १८, शुक्रबार । अभिनेत्री नन्दिता केसीले एक भिडियोमा –‘आफ्नो मान सम्मान र समान हिस्सा खोजेको युद्ध हो यो मेरो’ बताएकी छिन् । तर यो भिडियो पूर्ण रुपमा पारिवारिक प्रेमकथामा बनेको चलचित्र ‘लोग्ने मान्छे’को सार्वजनिक प्रोमोको हो । Nandita KC movie Logne Manchhe
श्रीमान श्रीमतीबिचको प्रेम र दन्द्धलाई प्रस्तुत गरिएको यो चलचित्रमा दिलिप रायमाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् । प्रदीप मित्तलको निर्माणमा तयार भएको यो चलचित्रलाई लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चचिर्त मानिएका लयले पहिलो पटक चलचित्र निर्देशन गरेका हुन् । उनले चलचित्रले पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरेको बताए । आगामी माघ २३ गतेबाट चल्ने यो चलचित्रका परिकल्पनाकार उत्तम केसी हुन् । चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको दन्द्ध र वनिश शाहको सम्पादन छ । यो चलचित्रलाई काठमाण्डौमा गोपाल कायस्थ र राजधानी बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

watch video Nandita KC movie Logne Manchhe

प्रतिक्रिया