Bisal Chautari Logo

खोटाङमा छिमेकीको कुटाइबाट खड्गबहादुरको ज्यान गयो

- १७ पुष २०७१, बिहीबार १७:३२ मा प्रकाशित


KHOTANG in the neighbor to Beatings died on Khadgabahadur
विशाल चौतारी समाचार
खोटाङ, २०७१, पौष १७, बिहिबार । छिमेकीको कुटाइबाट खोटाङमा एक जनाको ज्यान गएको छ । बुहारीमाथि यौन दुव्र्यवहार गरेको भन्दै आफन्तले कुटपिट गर्दा दिक्तेल नगरपालिका–७ का ५६ वर्षीय खड्गबहादुर राईको ज्यान गएको हो ।KHOTANG in the neighbor to Beatings died on Khadgabahadur
स्थानीय विश्वकर्मा थरकी एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोजेको भन्दै उनकी आफन्तले शनिबार राती राईलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते बनेका राईको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा सोमबार बाटैमा ज्यान गएको हो ।

मृत राईको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । राईलाई कुटपिट गरेलगत्तै स्थानीय ५४ वर्षीय अविबहादर विश्वकर्मा र ३७ वर्षीय होमबहादुर विश्वकर्मा पक्राउ परेका छन् । खड्गबहादुरले यसअघि पनि सो महिलामाथि यौन दुव्र्यवहार गर्ने गरेको विश्वकर्मा परिवारले जनाएको छ । राई र विश्वकर्मा परिवारबीच हुने गरेका घटनाका विषयमा यसअघि पनि पटक–पटक मिलापत्र गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया