Bisal Chautari Logo

अभिनेत्री सुमिनाको बिहे पाइलट रोशनसग वैशाखमा (तस्बिरहरु सहित)

- १७ पुष २०७१, बिहीबार १५:२७ मा प्रकाशित


Sumina Ghimire and Roshan sapkota Marriage
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १७, बिहिबार । अभिनेत्री सुमिना घिमिरेले वैशाखमा बिहे गर्ने पक्का भएको जस्तै भएको छ । सुमिनाले बिहे गर्न लागेका यूवकको नाम रोशन सापकोटा रहेको बुझिएको छ । काभ्रे घर भएका पेशाले पाइलट रोशन अहिले काठमाण्डौको कोटेश्वरमा बस्दै आएका छन् । Sumina Ghimire and Roshan sapkota Marriage
अभिनेत्री सुमिना र रोशनको भेट एक म्यूजिक भिडियो छायांकनका क्रममा भएको हो । Sumina Ghimire and Roshan sapkota Marriage (2)समाचारका अनुसार रोशनले बजारमा ल्याउन लागेको एल्बम ‘अधेरी औशीको रातमा’को एक गीतको छायांकनका क्रममा सुमिना र उनको भेट भएको हो । यसपछि दुबै जना प्रेममा परेका थिए । उनले नेपाल बाहिर केही समय पाइलटको रुपमा काम गरेपनि अहिले भने गरेका छैनन् । अहिले उनी नेपालमा नै छन् । चाडै नै रोशनले नेपालमा आफ्नो पेशालाई निरन्तरता दिन लागेको बुझिएको छ । रोशनले नै यो एल्बममा शब्द तथा संगीत पनि भरेका छन् ।
बिहे गर्ने भएपछि अभिनेत्री सुमिना चलचित्र क्षेत्रबाट टाढा भएकी हुन् । उनले आफू अब चलचित्र क्षेत्रमा नर्फकने बताएकी छिन् । सुमिना र रोशनको परिवार बिहेका लागि राजी भैसकेका छन् । स्रोतका अनुसार रोशन र सुमिनाको पारिवारिक भेटघाट समेत भैसकेको छ । सुमिना यतिबेला आफ्नो घर सुर्खेतमा छिन् । बिहे भने काठमाण्डौबाट नै गर्ने तयारी गरिएको छ । यसबारेमा दुबै जना मिडियामा कुनै कुरा तत्काल सार्वजनिक नहोस् भन्ने चाहन्छन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7631,7633,7635,7628″]

प्रतिक्रिया