Bisal Chautari Logo

सौजन्य सुब्बाको कमव्याक शेर्पा भाषको चलचित्रमा

- २८ कार्तिक २०७०, बिहीबार ०७:४६ मा प्रकाशित


२७ कात्तिक, काठमाडौ । सानो पर्दामा सफल अभिनय प्रस्तुत गर्दै ठुलो पर्दामा सकृय बन्न खोजिरहेकि अभिनेत्री सौजन्य सुब्बा लामो समयपछि पुन चलचित्रमा फर्किने भएकि छिन् । एक वर्ष अघि ‘बडिगार्ड’ चलचित्र रिलिज भएपछि अभिनेत्री सुब्बाको कुनै चलचित्र प्रदर्शनमा आएको छैन । अभिनेता रोज राणासंगको सम्वन्ध खटपटका कारण चलचित्र क्षेत्रमा नदेखिएकि अभिनेत्री सुब्बा नेपालि कथानक चलचित्रमा नभएर शेर्पा भाषाको चलचित्रबाट अभिनयमा फर्किने भएकि हुन् ।
अभिनेत्री सौजन्यले शेर्पा भाषाको चलचित्र ‘कुसुम’मा मुख्य अभिनेत्री भएर काम गर्दैछिन् । चलचित्रको कथा र रोल चित्त बुझेर शेर्पा भाषाकै चलचित्र भएपनि अभिनय गर्न राजी भएको सुब्बाले बताएकि छिन् । चलचित्रको सुटिङ समेत सुरु गरिसकेको चलचित्रले शेर्पा भाषालाई उत्थान गर्ने लक्ष्य लिएको चलचित्रका निर्देशक सागर सुब्बाले बताए । चलचित्रका कलाकारहरु अभिनेत्री सुब्बा र हास्य विधा तथा ठुलो पर्दामा सानो सानो रोल गर्ने डोल्मा शेर्पा बाहेक नव कलाकार हरु हुन् ।

प्रतिक्रिया