Bisal Chautari Logo

Rekha Thapa ‘तथास्तु’ लिएर नेपाली तारामा || तेश्रो हुनेलाई ‘रामप्यारी’ मा गाउने अवसर

- १६ पुष २०७१, बुधबार १०:२६ मा प्रकाशित


Rekha Thapa ‘tathastu’ movie with the Nepali Tara season 3
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १६, बुधबार । पौष २५ गते प्रदर्शन हुने प्रतिक्षित चलचित्र ‘तथास्तु’ ले प्रचार प्रसारलाई व्यापकता दिइरहेको छ । रेखा फिल्मस्का बाहेक बाहिरी ब्यानरका फिल्मको प्रचार प्रसारमा कमै चासो दिने अभिनेत्री रेखा थापा समेत ‘तथास्तु’ को प्रचार प्रसारमा कम्मर कासेर लागि परेकी छिन् । जगदिश्वेर थापाको लेखन रहेको ‘तथास्तु’ मुख्य पात्र नै रेखा हुन् । Rekha Thapa 'tathastu' movie with the Nepali Tara season 3 (1)
प्रचार प्रसारको क्रममा रेखा थापा ‘तथास्तु’ लिएर यसै साता तीन वटा च्यानलबाट प्रशारण हुने गायन प्रतियोगात्मक कार्यक्रम नेपाली तारामा सहभागी भएकी छन् । Rekha Thapa 'tathastu' movie with the Nepali Tara season 3 (2)अतिथि निर्णायकको भूमिकामा सहभागी भएकी रेखाले ‘तथास्तु’ बारे बोलेकी थिइन् । रेखाका लागि एक प्रतिस्पर्धीले ‘तथास्तु’ को हिट गीत ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ गीत समेत गाइदिएका थिए । छायााकन भैसकेको रेखा सहभागी भएको नेपाली ताराको अंक नेपाल टेलिभिजनमा यही शनिबार सााझ ८:५० बजे प्रशारण हुनेछ भने इमेज टेलिभिजनमा सोमबार सााझ ८ बजे र नेपाल वानमा बुधबार सााझ ९ बजे प्रशारण हुनेछ । नेपाली तारामा तेश्रो स्थान हाासिल गर्ने प्रतियोगीलाई आफ्नो फिल्म ‘रामप्यारी’ मा गायनको अवसर दिने समेत रेखाले वचन दिइन् । हिम्मतवाली रेखाले कार्यक्रममा भनिन्, ‘पहिलो र दोश्रोलाई त जहाा त्यही अवसर मिल्छ । प्रतियोगीतामा तेश्रो हुनेलाई अवसर पाउन गाह्रो हुन्छ । त्यसैले नेपाली तारामा तेश्रो हुनेलाई रेखा फिल्मस्ले गायनको अवसर दिनेछ ।’
रेखाको मुख्य भूमिका रहेको फिल्म ‘तथास्तु’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । यो फिल्ममा रेखाको एक्सन अवतारलाई देख्न सकिन्छ । फिल्म ‘तथास्ुत’ मा रेखासागै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको पनि अभिनय छ । बाबु श्रेष्ठको छायााकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत छ ।

प्रतिक्रिया