Bisal Chautari Logo

इमरान र करिना ‘गोरी तेरी प्यार मे’ प्रोमोशन गर्न दिल्लिमा (फोटो फिचर सहित)

- २८ कार्तिक २०७०, बिहीबार १४:३९ मा प्रकाशित


बलिउड अभिनेत्री करिना कपुर र अभिनेता इमरान खान आफ्नो आउन लागेको चलचित्र ‘गोरी तेरी प्यार मे’ को प्रोमोशन गर्ने क्रममा दिल्लि पुगेका छन् । चलचित्र प्रमोशनमा उनिहरुको भव्य किसिमले स्वागतपनि गरिएको थियो ।
चलचित्र प्रोमोशनको क्रममा अभिनेत्री करिना र अभिनेता इमरान निकै हर्सिद मुद्रामा थिए । २२ नोभेम्वरमा रिलिज हुन लागेको चलचित्रलाई अभिनेत्री करिना र अभिनेता इमरानको जोडिका कारण दर्शकहरुको पर्खाईमा रहेको चलचित्रको रुपमा हेरीएको छ । चलचित्रमा करिना र इमरान बाहेक श्रद्धा कपुरपनि रहेकि छन् । चलचित्रमा ईशा गुप्ताको एक आईटम नम्वर गितपनि समावेश गरिएको छ । चलचित्रमा विशाल–शेखरको संगित रहेको छ । –एजेन्सि

प्रतिक्रिया