Bisal Chautari Logo

सुस्मा र सविनको जोडि ‘संजोग’मा

- २९ कार्तिक २०७०, शुक्रबार १५:०९ मा प्रकाशित


काठमाडौ । अभिनेत्री सुस्मा कार्कि र म्युजिक भिडियो हुदै चलचित्रमा छिरेका अभिनेता सविन श्रेष्ठ पहिलो पटक एकसाथ देखिने भएका छन् । बेदप्रसाद भुर्तेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘संजोग’मा अभिनेत्री सुस्मा र सविनको जोडी देखिन लागेको हो ।
प्रेमकथामा आधारित चलचित्रमा सुस्मा र सविनसँगै प्रज्जवल गिरीको पनि चलचित्रमा मुख्य भूमिका रहने भुर्तेलले बताएका छन् । उज्ज्वल लिम्बुको संगीत रहेको चलचित्रमा राजेशपायल राई र दिपक लिम्बुको स्वर रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देशक भुर्तेलकै रहेको छ ।(सौस)

प्रतिक्रिया