Bisal Chautari Logo

सारङ्गी सम्राट जंगबहादुरलाई सांगीतिक संघको सहयोग

- २ मंसिर २०७०, आईतवार १४:२३ मा प्रकाशित


२ मंसिर, काठमाडौं । सारङ्गी सम्राट जंगबहादुर गन्धर्व सिकिस्त विरामी परेपछि उनको उपचारको लागि सहयोग जुटाउन थालिएको छ । सांगीतिक संघको आज आइतबार बसेको बैठकले सारङ्गीबादक गन्धर्वलाई रु.दश हजार सहयोग गर्ने निर्णय गरेको छ । संघले उनको आर्थिक स्थिति कमजोर रहेका कारण संगीतमा आबद्ध सबै संघसंस्थाहरुले सहयोग गर्नुपर्ने बताउदै सांगीतिक संघबाट रु.दश हजार सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै गन्धर्वको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

उनका छोरा भुवनका अनुसार उपचारमा संलग्न डाक्टरहरुले स्वास्थ्य स्थिति केही सुधार भएजस्तो भएको भएपनि त्यसमै ढुक्क हुने स्थिति नरहेको बताएका छन् । काठमाडौंका प्राय ९० प्रतिशत स्टुडियोमा सारङ्गी बजाउदै आएका गन्धर्वलाई उपचारका लागि सहयोगी हातहरुको जरुरत भएको परिवारस्रोतले बताएको छ । विगत लामो समयसम्म नेपाली गीतसंगीतमा क्रियाशील रहादै आएका गायक तथा सारङ्गीवादक गन्धर्वलाई सहयोग गर्नलाई साङ्गितिक संघले आग्रह गरेको छ ।(सौस)

प्रतिक्रिया