Bisal Chautari Logo

किराती पहिचान पहिल्याउदै तेस्रो मिस राई–२०१५ हुने

- १३ पुष २०७१, आईतवार १७:३९ मा प्रकाशित


miss rai 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १३, आइतबार । किरात राई मौलिक कला संस्कृति केन्द्रले तेस्रो संस्करणअन्तर्गत मिस राई २०१५ गर्दै छ । किराती नयाा वर्ष यलेदोङ ५०७५ को अवसर पारेर आगामी माघ १५ मा मिस राई गर्न लागेको हो । miss rai 2015
किराती पहिचान पहिल्याउादै गर्न लागिएको मिस राई २०१५ मा सहभागी हुने राई युवतीले एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा १६ टेकेको र २६ वर्ष ननाघेको, अविवाहित र उचाइ ५ फिट हुनुपर्ने किरात राई मौलिक कला संस्कृति केन्द्रले जनाएको छ । मिस राईमा सहभागी हुन चाहनेका लागि पहिलो अडिसन पूर्वाञ्चल र दोस्रो काठमाडौंमा गरिने भएको छ । पूर्वाञ्चलमा पुस १२ र काठमाडौंमा हुने दोस्रो अडिसन पुस १६ गते हुनेछ । अडिसनबाट छनोट भएकालाई काठमाडौंको कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानमा माघ १५ अन्तिम स्पर्धा गराइनेछ । मिस राई विजेतालाई प्रमाणपत्र, ५० हजार रुपैयाासहित मिस राई अवार्ड दिइनेछ ।
राई समुदायमा तीन चुलाको विशेष भूमिका रहने भएकाले प्रतियोगिताको फस्र्ट, सेकेन्ड र थर्ड रनरअपलाई क्रमश: (वंशज चुलो), (कुटुम्ब चुलो) र (समाज चुलो), प्रमाणपत्र, २०/२० हजार रुपैयाासहित तीन चुलाका आधारमा अवार्ड वितरण गरिनेछन् । अन्य विशेष उपाधिमा किरात दर्शनअनुसार मिस फोटोजेनिक (निनाम्मा), मिस डिसिप्लिन (हेन्खामा), मिस ट्यालेन्ट (सुम्दिमा), मिस फ्रेन्डसीप (बाखाम्मा), मिस बेस्ट ड्रेस (सारुमा), भ्युअर च्वाइस अवार्ड (तायामा) र मिस पर्सनालिटी (खियामा) रहने आयोजकले जनाएको छ । मिस राईमा सहभागीलाई समाजका स्थापित व्यक्तित्वले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनेछन् भने किरात विद्वान्हरूबाट जातीय पहिचानसम्बन्धी जानकारी दिइनेछ । यसैगरी, किरात भूमि, ऐतिहासिक धरोहरको पदयात्रासागै जातीय भेषभूषा, भाषा, धर्म र संस्कृतिबारे समेत प्रशिक्षण दिइने । आफ्नो कला, संस्कृति बिर्संदै गएका राई युवतीलाई साकेला नाच्न सिकाउादै किराती बाजासम्बन्धी जानकारी गराइनेछ ।

प्रतिक्रिया