Bisal Chautari Logo

हमालको कमाल बिकाउन Rajesh Payal Raiको क्यारिकेचर रिलिज (भिडियो सहित)

- ९ जेष्ठ २०७१, शुक्रबार ०१:२६ मा प्रकाशित


rajesh-payal-rai-Hasiya
काठामाडौ., २०७१ जेठ, ९ शुक्रवार । नेपाली आधुनिकतथा पाश्र्व गायनका नम्बर एक गायक ‘राई इज किंग’ अर्थात गायक राजेशपायल राई भर्सस्टाइल गायनमा अगाडी छन् । राजेशपायलले अहिले सम्म नेपाली भाषाको मात्र गीतहरु गाएका छैनन्, लिम्बु भाषाको ८ ओटा गीतपनि एकै दिनमा रेकर्डिङ गराएका थिए । त्यस्तै उनले भोजपुरी, राई भाषा, जापानिज भाषा लगायतमा स्वर दिइसकेका छन् ।
तर, अब गायनका नम्बर एक राजेशपायल हाँस्यब्यंग्यमापनि उत्तिकै राम्रा रहेछन् । अहिले हास्यब्याङ्ग्य क्षेत्रको बजारमा गायक राई थपिनेहुन् की भन्ने अडकालबाजी सबैले काट्न थालिसकेका छन् ।

उनले क्यारिकेचर गरेको प्रोमाशनल भिडियो युट्युबमा अपलोड गरिएको छ । राईले क्यारिकेचर गरेर चलचित्र ‘हँसिया’को प्रोमोसन गरिरहेका छन् ।
अभिनेता राजेश हमालले आफ्नी गर्लफ्रेण्डलाई सार्वजनिक गरेपछी, हमालको कमाल बिकाउन गायक राजेशपायलले क्यारिकेचर गरिदिएकोपनि चर्चा हुन थालेको छ । चलचित्र प्रचारको नयाँ नयाँ शैली अपनाई रहेको चलचित्र ‘हँसिया’ले पुन राजेशलाई लिएर अर्को फण्डा गरेको छ ।

यो फण्डा हेर्दा निकै गज्जबको लाग्छ, किनभने राईले गरेको क्यारिकेचर रमाईलो देखिन्छ । उनले चलचित्रको प्रोमोसन गर्नको लागि नै भनेर कमेडी गरेको सम्भवत यो पहिलो पटक हो ।
गायक राईले नेपालका विभिन्न नेताहरु देखी लिएर महानायक राजेश हमाल तथा निर शाहसम्मको आवाजको नक्कल गरेका छन् ।
स्वं. नेता गिरिजाप्रसाद कोईराला देखि लिएर शेरबहादुर देउवासम्मको आवाजको नक्कल गर्दै चलचित्र हेरिदिन अनुरोध गरेका छन् । केही दिन अघिदेखि काठमाण्डौका सडकहरुमा सिंगारिएको टाटा सुमोमा ‘हँसिया’को गीत र ट्रेलर चोक चोकमा देखाईदैछ भने युट्युबाट ‘हँसिया’ प्रोमोसनको लागि गायक राईको क्यारिकेचर पनि रिलिज गरिएको छ । त्यस्तै निर्देशक मिलन चाम्सले महानायकको विहेको मिति गेस गर्नेमध्येबाट सही जवाफ पठाउने एक जनालाई चादीको हँसिया र महानायकसँग डिनर गर्ने अवसर प्रदान गर्ने पनि बताएका छन् । यसको लागि हँसियाको फेसबुक पेजमा गएर कमेन्ट बक्समा हमालको विहे मिति लेख्नुपर्नेहुन्छ । दुर्गा घलेले निर्माण गरेको चलचित्र ‘हँसिया’मा अभिनेत्री हेमा श्रेष्ठको एक्सनको सबैले प्रशंसा गरेका छन् । आज शुक्रबारबाट अलनेपाल प्रर्दशनमा आउन लागेको चलचित्र ‘हँसिया’मा महानायक राजेश हमाल, हेमा श्रेष्ठ र अनुपबिक्रम शाहीको मुख्य भुमिका रहेको छ ।
चलचित्रले अलनेपाल ६० वटा पर्दा पाएको छ । नयाँ र फरक शैलीको प्रचारमा उत्रिएको हँसियाले कस्तो ब्यापार गर्ने हो त्यो भने चलचित्र प्रर्दशनमा आएपछि नै हेर्न बाकी छ । तर चलचित्रले जस्तोसुकै व्यापार गरोस्, गायक राजेशपालयको क्यारिकेचर भने दर्शकहरुले अहिले रुचाएकै छन् है । राई इज किङ ज्युलाई नयाँ सुरुवातको लागी बधाई छ ।
राजेश पायल राईले गरेको क्यारिकेचर हेर्न यहाँ क्लिक गर्नुहोला ।

advertisement

प्रतिक्रिया