Bisal Chautari Logo

दिपेन्द्रले निर्देशन गर्ने ‘पशुपती प्रसाद’मा खगेन्द्र लामिछाने

- १३ पुष २०७१, आईतवार १७:१९ मा प्रकाशित


Dipendra K. Khanal to direct ‘Pashupati Pashad’ Khagendra Lamichhane stars
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १३, आइतबार । चर्चित सिनेमाहरु ‘चपली हाईट’, ‘धर्मा’, ‘भिजिलान्ते’ र झेले’ निर्देशन गरेका दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘पशुपति प्रसाद’मा चलचित्र ‘टलकजंग भर्सेज टुल्के’बाट चर्चामा रहेका अभिनेता खगेन्द्र लामिछाने मुख्य भुमिकामा देखिने भएका छन् ।Dipendra K. Khanal to direct ‘Pashupati Pashad’ Khagendra Lamichhane stars
सामाजिक कथामा बन्न लागेको ‘पशुपती प्रसाद’ नामक चलचित्रलाई रविन्द्र सिंह बानियाले निर्माण गर्न लागेका हुन् । बानियाले यस भन्दा अगाडी चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ निर्माण गरेका थिए ।
यस चलचित्रमा अभिनेता खगेन्द्रका साथमा विपिन कार्की र रविन्द्र सिंह बानियाले पनि अभिनय गर्ने पक्का भएको छ । अन्य कलाकार र प्राबिधिक भने तय हुन बांकी रहेको निर्देशक खनालले बताए ।
रोजिना श्रेष्ठ, रिता श्रेष्ठ, रजना नापितको पनि लगानी रहने यो चलचित्रको छायांकन फागुन महिनाको दोस्रो साताबाट शुरु गरिने भएको छ । टुकी आट्र्स र षट्कोण आट्र्सको व्यानरमा बन्ने ‘पशुपति प्रसाद’ धामिर्क नाम सुनिएपनि एक पात्रको नामबाट राखिएको खनालको प्रष्ट्याए ।


Dipendra K. Khanal to direct ‘Pashupati Pashad’Dipendra K. Khanal to direct ‘Pashupati Pashad’ Khagendra Lamichhane stars

Upcoming new Nepali cinema ‘Pashupati Prashad’ has been announced. The cinema which will be directed by Dipendra K. Khanal has been written by Khagendra Lamichhane. The social drama will inaugurate their shoot from February.
Rabindra Singh Baniya, Sita Shrestha, Rojina Sitaula and Rajana Napit produced cinema is not a biopic movie but displays the struggle of a particular person mentions director Khanal. The cinema stars Khagendra Lamichhane, Rabindra Singh Baniya and Bipin Karki.

प्रतिक्रिया