Bisal Chautari Logo

५० हजार नगद सहित ‘लक्ष्मी स्टील राईजिङ स्टार – २०७१’को अन्तिम प्रतिस्पर्धामा ४६ बालबालिका

- १३ पुष २०७१, आईतवार १४:०१ मा प्रकाशित


Rising Star – 2071 The final competition 46 children
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष १३, आइतबार । ‘बालबालिका भित्रको प्रतिभा, वौद्धिक क्षमता र सुन्दरता उजागर गर्ने राईजिङ स्टारको विशेषता’ भन्ने मूल नाराका साथ यहि माघ १० गते ‘लक्ष्मी स्टील्स राईजिङ स्टार २०७१’ को आयोजना गरिने भएको छ । काठमाडौं स्थित प्रज्ञा भवनको प्रेक्षालयमा भव्य कार्यक्रमको आयोजना गरि वर्षको स्टार घोषणा गरिने सो कार्यक्रममा राजधानीका विभिन्न विद्यालयहरुबाट अडिसन गरि अन्तिम चरणको प्रतिश्पर्धाका लागि ४६ जना प्रतिभाशालि बालबालिकाहरु छानीएका छन् । Rising Star – 2071 The final competition 46 children (1)
अन्तिम चरणका यी प्रतिश्पर्धीहरुलाई बरिष्ठ कोरीयोग्राफर प्रशंसा श्रेष्ठले १२ दिनको विशेष तालिम दिनेछ भने सो अवधिमा नेपालका ख्याति प्राप्त विभिन्न क्षेत्रमा व्यक्तित्वहरुबाट विशेष प्रशिक्षण गराईनेछ ।Rising Star – 2071 The final competition 46 children (4)
प्राज्ञ संगीतकार तथा यस प्रतियोगिताका संयोजक शान्तिराम राईका अनुसार बिजेताले नगद रु. ५०,०००– सहित ट्रफि र आकर्षक उपहारहरु पाउनेछन् । फस्ट रनरअप र सेकेण्ड रनरअपले मोबाईलसेट, ट्रफि र उपहारहरु पाउनेछन् । भने थुप्रै अन्य टाईटल अवार्डहरु रहेकाछन् । विजेताहरुलाई विदेशमा हुने अन्तराष्ट्रिय पेजेन्टमा भागलिने अवसर समेत उपलब्ध गराउने कुरा जनाईएकोछ ।
सोही कार्यक्रममा शिक्षाको क्षेत्रमा अनवरत कलम चलाईरहेका एक विशिष्ठ पत्रकारलाई नगद रु. १०,०००/– सहित शैक्षिकपत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरिनेछ भने शिक्षाको विकासमा समर्पित एक विद्यालयका संस्थापक प्रिन्सिपललाई शैक्षिक सम्मानद्धारा सम्मानित गरिनेछ र नेपाली संगीत क्षेत्रमा समर्पित एक संगीत श्रष्टालाई साागीतिक सम्मानद्धारा सम्मानित गरिनेछ । जसका लागि शैक्षिक पत्रकारिता पुरस्कारद्धारा बरिष्ठ पत्रकार श्री ईश्वर ढकाल, शैक्षिकसम्मान द्धारा एभरेष्ट ईङ्लिस स्कूल भक्तपुरका श्री भक्त राजभण्डारी र साागीतिक सम्मानद्धारा बरिष्ठ संगीतकार श्री सुनिल मास्केलाई सम्मानित गरिनेछ । कार्यक्रम क्रियटिभ वोल्र्ड नेपालको आयोजनामा हुनेछ ।

[gss ids=”7486,7487,7488,7483″]

प्रतिक्रिया