Bisal Chautari Logo

राजेश हमालले काठमाडौ क्षेत्र नं ६ बाट भोट हाल्दै , रेखा थापाले भोट हाल्न नपाउने

- ३ मंसिर २०७०, सोमबार १४:४२ मा प्रकाशित


३ मंसिर, काठमाडौ । कलाकारहरु चुनाव नजिकिदै गर्दा जति सकृय भएका थिए, त्यस्तै रुपमा भोट हाल्नपनि आतुर रहेका छन् । भोलि अर्थात मंसिर ४ गते हुने दोस्रो संविधान सभाको चुनावमा मतदान गर्न कलाकारहरु उत्साहि रहेको देखिन्छ ।
एउटा न एउटा राजनीतिक दलमा आबद्ध भएका कारणपनि कलाकारहरु संविधान सभाको चुनावमा भोट हाल्न आतुर रहेको देखिन्छ । कलाकारहरुले आ–आफ्नो गृहजिल्लाबाट भोट हाल्ने तयारी गरेका छन् । बन्दका कारण अहिलेका निकै व्यास्त निर्देशक दिपेन्द्र के खनाल र निर्माता अर्जुनकुमार संविधान सभाको चुनावमा भोट हाल्न हिजो मंसिर ३ गते हेलिकप्टर चार्टर गरेर गएका छन् । उनिहरु दुबैजना नुवाकोट क्षेत्र नं २ बाट मतदाता हुन् ।
नेपालि चलचित्र क्षेत्रका महाअभिनेता राजेश हमालले काठमाण्डौ क्षेत्र नम्बर ६ बाट मतदान गर्नेछन् । परिचय पत्र हात परिसकेका हमालले अन्य कलाकार तथा मतदाताहरुलाई पनि भोट हाल्न आग्रह गरिरहेका छन् ।
त्यस्तै नेपालि चलचित्र क्षेत्रकी चर्तित अभिनेत्री रेखा थापा चुनावी प्रचार–प्रसारमा सबैभन्दा अगाडि देखिए । उनले एकिकृत नेकपा माओवादीलाई चुनाव प्रसार–प्रसारमा सहयोग गरेपनि यस पटक कुनैपनि पार्टीलाई मतदान गर्न नपाउने भएकि छिन् । किनभने उनले मतदाता नामाबलीमा नाम नलेखाएका कारण मतदान गर्न नपाएकी हुन् ।
त्यस्तै अभिनेता जीवन लुइटेलले काठमाण्डौ क्षेत्र नम्बर ९ बाट भोट हाल्ने बताएका छन् । मतदाता परिचय पत्र नलिएको भएपनि अभिनेता जीवनले नागरिकता देखाएर भोट हाल्ने बताएका छन् । केहि समय अगाडिका निकै चर्चित अभिनेता दिलिप रायामाझिले काठमाडौ क्षेत्र नम्वर १० बाट मतदान गदैछन् । अभिनेता रायामाझिले यो भन्दा अगाडिको चुनावमा मतदान गर्न नपाएकाले यस चोटि परिवार सहित भोट हाल्न जाने बताएका छन् । त्यस्तै अर्का अभिनेता निरज बरालको चुनावी क्षेत्र झापा ३ रहेकाले यसपटक भोट हाल्न जान नसक्ने बताएका छन् ।
त्यस्तै चर्चित अभिनेत्री करिश्मा मानन्धर र केकि अधिकारीले काठमाण्डौ क्षेत्र नम्बर ३ बाट भोट हाल्ने बताएकि छिन् । उता अभिनेत्री प्रियंका कार्कीले भने काठमाडौ क्षेत्र नम्वर ४ का उम्मेदवार नेपाली कांग्रेसका नेता गगन थापालाई मतदान गर्न लागेको कुरा बताएकी छिन् । त्यस्तै अभिनेत्री बेनिशा हमालले भने काठमाण्डौ क्षेत्र नम्बर ९ बाट भोट हाल्ने बताएकी छिन् । अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर ५ बाट मतदान गरेकी उनले यसपटक भने काठमाण्डौबाटै भोट हाल्ने बताइन् । बिहानै भोट हाल्न जाँदा लामो समय लाइनमा बस्नुपर्ने बताउँदै उनले दिउँसो भोट हाल्ने तयारीमा रहेकी छिन् ।
त्यस्तै पछिल्लो पुस्ताका व्यास्त अभिनेता गजित बिष्टले काठमाण्डौ क्षेत्र नम्बर १ बाट मतदान गर्ने बताएका छन् । भने अर्का अभिनेता सविन श्रेष्ठले काठमाण्डौ क्षेत्र नम्बर ७ बाट मतदान गर्न लागेको जानकारि दिएका छन् । धेरै कलाकारहरुको रायमा पार्टि भन्दापनि सहि व्याक्तिलाई हेरेर भोट दिने तर्क रहेको छ ।

प्रतिक्रिया