Bisal Chautari Logo

लाहुरेनीको लाहुरेनी पिडा अब पुस्तकमा (फोटो फिचर)

- ११ पुष २०७१, शुक्रबार १६:१६ मा प्रकाशित


Lila Seling Mabo Lahureniko pada armies book now‎Lila Seling Mabo Lahureniko pada armies book now (1)
‎Lila Seling Mabo Lahureniko pada armies book now (4)विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष ११, शुक्रबार । लाहुरेनीहरुको पिडा लाहुरे कवीहरुले कम साहित्य कोरिरहेको बेला बेलायतमा बसोबास गरिरहेकी कवयीत्री लीला सेलिङ मावोले ‘लाहुरेनी पिडा’ नामक कविता संग्रह विमोचन नै गराएकि छिन् ।
कवयीत्री लीलाको कवीता संग्रह ‘लाहुरेनी पीडा’ विमोचन गरिएको छ । गत विहिवार किरात चुम्लुङ हिममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवी तथा प्राज्ञ श्रवण मुकारुङ लगायतले एल्बमको विमोचन गरेका थिए ।
विमोचन समारोहमा सार्वजनिक कविता संग्रहको बारेमा समिक्षा गर्दै वरिष्ठ कवी श्रवण मुकारुङले भने– ‘लाहुरेनीहरु आफै लेख्न थालेपछी वास्तविक लाहुरेनीहरुको पिडा यस कविता संग्रहमा पाए ।’ त्यस्तै विमोचन समारोहमा कवयीत्री लिलाले बोल्दै भनिन्–‘ लाहुरेनी हुदा मैले भोगेका घटना मात्र होइन, यस पुस्तकमा मैले अन्य हाम्रा सम्पुर्ण लाहुरेनीहरुको पिडा र प्रेम समेट्न खोजेकी छु ।’
लाहुरेनी कार्यक्रममा अन्य अतिथीहरुलेपनि सार्वजनिक कवीता संग्रहमाथी विमोचन तथा कविता वाचन गरेका थिए । दुईसय रुपैया मुल्य राखिएको उक्त कविता संग्रहमा ढेड दर्जन कविता रहेका छन् । उक्त कविता संग्रह निम्वल पब्लीकेसन्सले प्रकाशन गरेको हो ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7469,7468,7471,7466,7470″]

COMMENT HERE

प्रतिक्रिया