Bisal Chautari Logo

‘राम–लिला’ ले दुई दिनमा ३३ करोड कमाउदै ‘क्रिश ३’ को रेकर्ड तोड्यो

- ३ मंसिर २०७०, सोमबार १४:५१ मा प्रकाशित


मुम्वाई । संजय लिला भन्साली निर्देशित चलचित्र ‘राम–लीला’ले प्रर्दशनको दोस्रो दिनमा ३३ करोड कमाउदै ऋतिक रोशनको ‘क्रिश ३’को रेकडै तोडेको छ । अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोण अभिनित चलचित्र ‘राम–लीला’ले प्रर्दशन भएको शुक्रवार र शनिवारको दिनमा चलचित्र ‘क्रिश ३’संगै चलचित्र ‘य जवानि है दिवानि’को कमाईलाई पछि पारिदिएको छ ।
चलचित्रका निर्माताले करिव ५० करोडको कमाई गर्ने अनुमान लगाएका थिए । यस सफल्तामा निर्देशक संजय लिला भन्साली खासै सन्तुस्ट रहेका छैनन् । यस्तै किसिमले व्यापार गर्दै जाने हो भने चलचित्र राम–लिलाको कमाई धेरै राम्रो हुने र धेरै रेकर्डपनि बनाउन सक्ने भारतिय सञ्चार माध्ययमहरुले जनाएको छ ।
‘गोलियोका राशलीला रामलीला’को सुरुवाती नाममा हिन्दुवादी संघसंस्थाले विरोध जनाएपछि ‘राम–लीला’मा छोट्ट्याइएको थियो । चलचित्र सुरुवाति देखिकै यस्तै आलोचना खेप्दै आएकाले चलचित्रको प्रोमोशन बढिनै भएको थियो ।

प्रतिक्रिया