Bisal Chautari Logo

खोटाङको हलेसी मन्दिरमा आभाष’को पोष्टर बोकेर संयम पुजापाठ गर्दै

- १० पुष २०७१, बिहीबार १६:४२ मा प्रकाशित


SAMYAM PURI Movie AAVASH poster carrying the Halesi Mahadev Khotang
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १०, बिहिबार । अभिनेता संयम पुरी पछिल्लो समय चलचित्र ‘आभाष’बाट धेरै चर्चामा रहेका छन् । संयमद्धरा अभिनित तेस्रो चलचित्र ‘आभाष’ दर्शकहरुले मनपराउन् भनेर अहिले उनी मठमन्दिरमा पुजापाठ गर्नमा ब्यास्त रहेका छन् । यस्तै क्रममा पुर्वी पहाड खोटाङमा रहेको हलेसी महादेविस्थानमा पुजापाठ गर्न अभिनेता संयम चलचित्र आभाषको पोष्टर बोकेर त्यहा पुगेका हुन् । SAMYAM PURI Movie AAVASH poster carrying the Halesi Mahadev Khotang (1)
SAMYAM PURI Movie AAVASH poster carrying the Halesi Mahadev Khotang (2)अभिनेता संयमले हलेसी महादेविस्थानमा पुगेर चलचित्र सफलताका लागि कामना गरे । उनले आफू सहित सलोन बस्नेत र आश्मा डीसी रहेको पोष्टर लिएर हलेसी मन्दिरमा पुजा गरेका हुन् । संयमले फेसबुकमा फोटो अपलोड गर्दै स्टाटस लेखेका छन्, :–

Praying for AAVASH in Halesi Mahadev, Khotang 
AAVASH, releasing on 25th Poush / 9th January
गोविन्द शाहीको निर्माणमा तयार भएको यो चलचित्र पौष २५ गतेबाट चल्दैछ । चलचित्रमा यी तिन कलाकारका साथमा निशा अधिकारी, प्रकृती श्रेष्ठ मुख्य भुमिका छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रले यूवापुस्ताको प्रेम र रोमान्सको बिषयलाई उठान गरेको छ ।

प्रतिक्रिया