Bisal Chautari Logo

सुवासको अभिव्यक्ति प्रती आर्यनको गहकिलो जवाफ || अभिनेत्री अनिताको आक्रोश

- १० पुष २०७१, बिहीबार ०५:१३ मा प्रकाशित


subash thapa expression peraaryan sigdel answer – “Thank you for Assessors’
विशाल चौतारी समाचार
तस्बिरहरु : बिशाल राई
काठमाडौ, २०७१, पौष १०, बिहिबार । केही दिन अगाडी अभिनेता सुवास थापाले चर्चित अभिनेता आर्यन सिक्देललाई कलाकार नभई क्यारिकेचर गर्ने पात्र मात्र भएको अभिव्यक्ति दिएका थिए । अभिनेता आर्यनले आफ्नो पहिचान गुमाएर बलिउडका कलाकारको कपी गरेको आरोप लगाएका थिए । सुवासले आर्यनमा सलमानको स्टाइल र साहरुखको अभिनय रहेको बताएका थिए । यही बिषयमा हिजो पत्रकारहरुसंग कुराकानी गर्दै अभिनेता आर्यनले सुवासलाई आफ्नो मुल्यांकन गरिदिएकोमा धन्यवाद दिएका छन् ।subash thapa expression per aaryan sigdel answer - Thank you for Assessors' (1)
पौष २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अलबिदा’का मुख्य पात्र अभिनेता आर्यन सिग्देल भने, ‘उहाले मलाई बलिउडका चचिर्त कलाकारसग दाज्ने लायक सम्झनु भएछ, मलाई खुशी लाग्यो । बलिउडका २ चचिर्त अभिनेताहरु सलमानको स्टाइल र साहरुखको अभिनयको खुबी म भित्र हुनु नै त राम्रो कुरा हो ’, अभिनेता आर्यनले बताए । आर्यनले थपे ‘दर्शकले मेरो अभिनयमा स्टाइल देख्छन् भने त्यो मेरो सफलता हो । दर्शकले मलाई बिगत एक दशकदेखि स्विकार्नु भएको छ । अरुले के भन्छन्, त्यो मेरो चासोको बिषय पनि हैन । म दर्शकको लागि काम गर्ने कलाकार हु’, अभिनेता आर्यनले बताए ।

अभिनेत्री अनिताको आक्रोश 

Anita Acharyaयही विषयमा कुराकानी भइरहदा अभिनेत्री अनिता आचार्यले यस बिषयमा आफु बोल्ने भन्दै सुवास जी एकदमै घमण्डि भएको बताइन् । आचार्यले सुवास भन्दा आर्यन नेपाली चलचित्र क्षेत्रमा अगाडी भित्रिएकाले यस्तो अभिव्याक्ति दिनु राम्रो नभएको प्रस्ट्याइन् । भनिन्– ‘म दुबैजनासंग काम गरेको छु । तर मलाई सुवास जी घमण्डि लाग्यो । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी सफल रुपले अगाडी बढिरहनु भएका आर्यन जी एकदमै काम गर्न सजिलो पाए’, अभिनेत्री अनिताले बताइन् ।

प्रतिक्रिया