Bisal Chautari Logo

हलिउड अभिनेत्री तथा गायिका सेलेना सारी, पोतेमा

- ९ जेष्ठ २०७१, शुक्रबार १५:१२ मा प्रकाशित


Selena Gomez in Nepal-sari
विशाल चौतारी समाचार 
काठामाडौ., २०७१ जेठ, ९ शुक्रवार । 
पछिल्लो समय हलिउड चलचित्र तथा गायन उद्योगमा धेरै चर्चा हुने सेलिब्रेटिहरु मध्ये हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजपनि पर्छिन् । धेरै जसो चर्चा हुने एउटै पक्ष चर्चित गायक जस्टिन बिबरसंगको प्रेम सम्बन्ध रहेको थियो । यस्तै क्रममा सेलेना सुटुक्क नेपाल आइन्, नाचिन्, घुमिन् तर मिडियाबाट लुक्दै छिप्दै फकिईन् ।युनिसेफको सदभावना दूतका रुपमा नेपाल आएकी सेलेना बसाईका क्रममा नेपालगञ्ज र दाङका बिद्यालयको भ्रमण गर्दै स्थानीय लोकभाकामा नाच्दै रमाएकी थिइन् । नेपाल आएर बसेपनि सेलेनाले आफ्नो सामाजिक सञ्जालमा समेत नेपाल भ्रमणमा आएको बताएकी थिइनन् ।तर उनले नेपाल भ्रमणमा आएको भनेर नलेखेपनि नेपाली पहिरण सारी र पोतेमा भने सजिएको तस्बिर आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् । तस्बिरमा नेपाल भ्रमणको बारेमा केही नखुलाइएपनि उनले भनेर लेखेकी छिन् ।
selenagomez

10 hours ago

Sari, not sari.

प्रतिक्रिया