Bisal Chautari Logo

उजनको तेस्रो ‘तनाब’

- ६ मंसिर २०७०, बिहीबार ११:०९ मा प्रकाशित


काठमाडौं । गायक उजन नेम्बाङ तेस्रो एल्बम ‘तनाब’ का साथ श्रोतामाझ आएका छन् । सन् २००८ मा ‘फ्रेन्डसिप’ नामक पप तथा आधाुनिक एल्बममार्फत श्रोतामाझ फ्रेन्डसिप गरेका उजनले त्यसपछि दोस्रो एल्बमका रुपमा ‘अन्तराल’ ल्याएका थिए । सो एलबमबाट निकै उत्साहित बनेका उजनले हालै ‘तनाब’ ल्याएका हुन् । उनी आफ्नो तेस्रो एल्बम ‘तनाब’ बाट पनि आशावादी छन् । उजन भन्छन्, ‘यो एलबमबाट श्रोताको माया एवं हौसला पाउाछ भन्नेमा म विश्वस्त छु ।’
अधिकांस गायक/गायिकाले एल्बमको नाम आफूले मन परेको शब्दबाट छान्ने गर्छन् । तर उजनले एल्बमको नाम ‘तनाब’ राख्नुमा अर्कै कथा छ । ‘यो नाम सोचेर राखेको होइन’ उजनले भने, ‘काम गर्दै जाादा आफै जुरेको हो ।’ उनका अनुसार ‘तनाब’  एल्बम तयार गर्दा निकै तनाब झेल्नुपर्‍यो । त्यसैले एलबमको नाम ‘तनाब’ रहन पुगेको हो । ‘दशैंको बेला थियो’, उनले भने, ‘त्यतिखेरै मलाई म्युजिक भिडियो बनाउने र एल्बम सार्वजनिक चटारो थियो । अन्तत: तनाबका बाबजुद एल्बम तयार गरो । तनाबमा काम गरेको हुादा एल्बमको नाम ‘तनाब’ राखेको हुा ।’
एल्बम ‘तनाब’ मा गौरादहको बजारैमा, मेरो आाशु झर्दा, माया गरेर आत्ममा राखो, डुब्दै छु म र रिङ्केबुङ्को राागालाई जस्ता आधाुनिक एल्बम स्लोरक फ्लेभरका सात वटा गीत समावेश छन् । एल्बमका संग्रहित सात गीतमध्ये  ‘गौरादहको बजारैमा’ र ‘रिङ्केबुङ्को राागालाई’ रिमेक गरिएको हो ।
‘तनाब’ मा ताराप्रकाश लिम्बू, उजन नेम्बाङ, सिताराम ताजपुरिया, सुरेश राई, रोशन लामार सुनिल बर्देवाको संगीति रहेको छ भने सिताराम ताजपुरिया, उजन र शक्ति नेपालको शब्दरचना छ । ‘तनाब’ लाई श्रोतासम्म पुर्‍याउने जिम्मा ब्रिष म्युजिकले गरेको छ । उजन भन्छन्, ‘तनाब श्रोतामाझ बााडेपछि अहिले आनन्द लागेको छ । अहिले तनाबकै प्रमोसनमा व्यस्त भएको छु ।’
झापा सुरुङ्गाका उजनको पहिलो एल्बम ‘फ्रेन्डसिप’ का गीत श्रोताले निकै रुचाएका थिए । उनका अनुसार विशेषगरी एल्बमको ‘सुविदारकी छोरी कान्छीलाई’ बोलको गीत श्रोताको मुखैमा झुण्डिएको थियो, त्योबेला । ‘फ्रेन्डसिप’ एल्बमबाट आफ्नो गायकी परिचय स्थापित गर्न सफल भएको उनको भनाइ छ । पहिलो एलबममा श्रोता तथा दर्शकबाट पाएको मायाले हौसिरएर २०६९ मा दोस्रो एलबमका रुपमा ‘अन्तराल’ ल्याएको उजनले सुनाए । उनी सो एलबमबाट चर्चामा समेत आए । एल्बमको ‘रुवायो निष्ठूरी तिम्रो मायाले’ बोलको गीत हिजोआज पनि श्रोतामाझ लोकप्रिय छ । गजेन्द्र तालीको शब्द र ताराप्रकाश लिम्बूको संगीत रहेको उक्त गीतले नै उनलाई देश–विदेशका स्टेजमा उभ्याए ।

प्रतिक्रिया