Bisal Chautari Logo

चलचित्र ‘हवल्दार सुन्तली’को २ गीत सार्वजनिकमा यूवराज र साहिमाले गाए(फोटो फिचर)

- ७ पुष २०७१, सोमबार १९:०७ मा प्रकाशित


Movie film HAWALDAR SUNTALI 2 songs publicMovie film HAWALDAR SUNTALI 2 songs public (1)
विशाल चौतारी समाचार
तस्बिर : बिशाल राई
काठमाडौ, २०७१, पौष ७, सोमबार । नेपाली चलचित्र क्षेत्रमा बिगत २६ वर्ष अगाडीदेखी सफल निर्माताको रुपमा आएका निर्माता छविराज ओझाको पछिल्लो रिलिज हुन लागेको चलचित्र ‘हवल्दार सुन्तली’को २ गीत सार्वजनिक गरेका छन् ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सुरुवातमै ‘डोला डोला’बोलको गीत गायक यूवराज चौलागाई र गायिका सहिमा श्रेष्ठले फरक प्रस्तुतिबाट गाएर सुनाएका थिए । गाउदा गाउदै गायक चौलागाइ र गायिका श्रेष्ठले सिनेमाका कलाकार तथा निर्माता निर्देशकलाई स्टेजमा तानेर नचाएका थिए ।Movie film HAWALDAR SUNTALI 2 songs public (6)
Movie film HAWALDAR SUNTALI 2 songs public (4)नेपाली चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको कार्यक्रममा नेपाली चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई लगायतका फिल्मीकर्मीले सिनेमाको अडियो बिमोचन गरे । यो फिल्ममा ३ गीत समावेश छ । ‘डोला डोला’ गीतको साथमा ‘घन्टी बज्यो’बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । यी दुई गीतहरु टंक बुढाथोकी र दीपक शर्माले संगीत भरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजकुमार राईले छविओझालाई बधाई दिदै सिनेमा दुबै गीत राम्रो बनेको बताए । छविराज ओझा केही कन्जुस छ भन्ने कुरालाई विश्लेशण गर्दै अध्यक्ष राईले विजनेशमा कन्जुस हुनपर्ने बताए । भने– ‘छविराज ओझालाई म यही अवस्था रहिरहन आग्रह गर्दछु ।’ पछिल्लो समय चलचित्र रिलिज बढि भइरहेको विषयलाई उठाउदै निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राईले चलचित्र हप्तामा २ वटा मात्र रिलिज गर्ने तयारीमा सबैले सहयोग गर्न आग्रह गरे । यसका लागी सरकारको तर्फबाट केही पहल हुन पर्ने समेत राईले बताए ।
कार्यक्रममा निर्माता प्रदिप उदय, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र विकाश बोर्डका सदश्य सुरेश दर्पन पोखरेल, वितरक गोपाल कायस्थ लगायतलेपनि सिनेमाको युटिनलाई बधाई दिदै निर्माता छविराज ओझालाई विशेष बधाई दिएका थिए ।
चलचित्र ‘हवल्दार सुन्तली’ चैत्र २७ गतेबाट प्रदर्शनमा आउदैछ । यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, सविन श्रेष्ठ र किशोर खतिवडा मुख्य भूमिकामा छन् । छविराज प्रोडक्शनले गुण सिनेमासग मिलेर यो चलचित्रको निर्माण गरेका हो ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7391,7390,7389,7398,7401,7400,7399,7388,7387,7393,7386,7385,7384,7383,7381,7392″]

 

प्रतिक्रिया