Nepali Tara 3 Top 10 Live Presentation from Kathmandu to cold environment
विशाल राई (तस्बिर सहित)
काठमाडौ, २०७१, पौष ५, शनिबार । हिजो ४ गते शुक्रबारको दिन साझ पर्दै गर्दा काठमाडौमा चिसो अत्याधिक बढेको थियो । तर काठमाडौको बसन्तपुरमा भने साझ पर्दै गर्दा माहोल तातो बढिरहेको थियो । बसन्तपुर डबलीमा भरिभराउ मानिसहरु एक भएर एउटा स्टेजतिर कसैको पर्खाइमा थिए सबै ।
प्रसंग हो नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटी सो– कोका–कोला नेपाली तारा – का उत्कृष्ट १० प्रतिस्पर्धिहरुको बसन्तपुर, काठमाडौाको डबली कन्सर्टको । टप १० प्रतिस्पर्धिहरु पहिलोपटक कन्र्सटमा गाउने भएकालेपनि होला हजारौा दर्शकहरुका उपस्थित भएका थिए । जब कार्यक्रमको सुरुवात भयो उपस्थित दर्शकहरु संगीतको तालमा उफ्रिन थाले । लाग्थ्यो काठमाडौमा साउन र भदौको जस्तो गर्मि बढेको थियो । दर्शकहरु आ–आफ्नो मनपर्ने प्रतिस्पर्धिहरुको तस्बिर लिएर कन्र्सटमा उपस्थित भएका थिए । स्टेज तातिदै जादा दर्शकहरु आफ्नो शरिरमा भएको बाक्लो ज्याकेटहरु खोलेर आकाशतिर फाल्नमा ब्यास्त थिए ।
कार्यक्रमको सुरुवातमा कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुले देशभक्ति गीत ‘रातो र चन्द्र सूर्य’ गाएका थिए । सो गीत पछि कोका–कोला नेपाली तारा ३ का प्रस्तोताहरु – नेपाली तारा १ का विजेता सन्तोष लामा र नेपाली तारा २ का उप–विजेता धर्मेन्द्र सेवान – ले स्टेज सम्हाल्दै अर्को देशभक्ति गीत वीरताको चिनो गाएका थिए । त्यसपछि कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुले आ–आफना एकल गीतहरु प्रस्तुत गरेका थिए ।
तीन घण्टा भन्दा बढीसम्म चलेको सो कार्यक्रममा प्रतिस्पर्धिहरुले ‘चौबन्दीमा पटुकी’ ‘मस्की मस्की’ ‘तारेमाम…तारेमाम’ ‘को हो त्यो’ ‘तालको पानी’ जस्ता गीतहरु प्रस्तुत गर्दै दर्शकहरुलाई मोहित पारेका थिए ।
“हामीले कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुको प्रतिभा र आत्मविश्वासमा निकै सुधार भएको देखेका छौा । अडिसनको बेला देखि नै हामीलाई उत्कृष्ट प्रतिस्पर्धिहरु चयन गर्न निकै गाह्रो भएको थियो । तर आजको उनीहरुको प्रस्तुतिको विश्लेषण गर्दा हामीले निकै राम्रो चयन गरेछौा भन्ने लागेको छ,” प्रतिस्पर्धाका निर्णायक राम कृष्ण ढकालले भने ।
कोका–कोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ । अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्ेरलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।
क्र.सं. = | गायक | गीत |
१ | उत्कृष्ट १० प्रतिस्पर्धिहरु रातो र चन्द्र सूर्य | रातो र चन्द्र सूर्य |
२ | धर्मेन्द्र सेवान र सन्तोष लामा | वीरताको चिनो |
३ | देबेस राई | मस्की मस्की |
४ | सुरेश लामा | गालाको कोठी |
५ | विशाल आत्रेय | गुराास फूल्यो |
६ | सुष्मा वि.क. | मख्मली चोली |
७ | प्रताप लामा | मेरो नेपाल |
८ | सुदेश सुवेदी | हे तुलसी |
९ | धर्मेन्द्र सेवान | हेर्दा राम्रो |
१० | प्रताप दास | रेसम |
११ | जल्जला परियार | मलाई पुगेन |
१२ | विनोद राई | क्या दामी |
१३ | स्वेच्छा ठकुरी | चौबन्दी चोली अनि रातो घाागरा |
१४ | सन्तोष लामा | कान्छी ले |
१५ | उत्कृष्ट १० प्रतिस्पर्धिहरु | यो मन त मेरो नेपाली हो |
१६ | सुष्मा वि.क. | चौबन्दीमा पटुकी |
१७ | प्रताप लामा | तालको पानी |
१८ | प्रताप दास | को हो त्यो |
१९ | विनोद राई | झिल्के ले |
२० | स्वेच्छा ठकुरी | खोइ त मलाई झुम्के बुलाकी |
२१ | विशाल आत्रेय | होस हराए पनि |
२२ | सुदेश सुवेदी | निधारमा रातो टिका |
२३ | जल्जला परियार | लगिदे … लगिदे |
२४ | सुरेश लामा | फेसबुक ले |
२५ | देबेस राई | तारेमाम…तारेमाम |
प्रतिक्रिया