Bisal Chautari Logo

गौरवको पहिलो एल्वम ‘समयको अन्त्य’ बिमोचन

- ४ पुष २०७१, शुक्रबार २०:२८ मा प्रकाशित


singer Gaurav Ghimire new albam
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष ४, शुक्रबार । उदयिमान गायक गौरव घिमिरेको पहिलो सांगितिक एल्बम ‘समयको अन्त्य’ श्रोतामाझ आएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बरिष्ठ संगितकार तथा रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी, संगितकार संघका अध्यक्ष लक्ष्मण शेष, संगितकार संघका महासचिव महेश खड्का सहित गायक घिमिरेले संयुक्त रुपमा यो एल्बमको बिमोचन गरेका हुन् ।singer Gaurav Ghimire new albam (2)गायन बिधामा पश्चिमाञ्चलको सर्वाधिक चर्चित तथा प्रसिद्ध प्रतियोगिता ‘एलिजा सिङ्गिङ स्टार २०७०’ का बिजेता गौरवको यो एल्बममा ‘मनको बाँण’सँगै ‘आज किन यति’, ‘समयको अन्त्य’, ‘गीत हौ’, ‘अधुरो’ र याद बाँकी’ गरी ६ गीत समावेश छन् । यस्तै ‘मनको बाँण’ बोलको गीतको भने भिडियो समेत तयार भईसकेको छ ।

singer Gaurav Ghimire new albam (1)
‘मनको बाँण’ बोलको एक गीतमा गायक शिव परियारले फिचरिङ गरेका छन् । एल्बममा समावेश गीतहरु मध्ये ‘समयको अन्त्य’मा डा। प्रकाश राज भण्डारी तथा ‘याद बोकी’ बोलको गीतमा गायक स्वयंमको तथा अन्य चार गीतमा संगीत योगेश काजी बिसीले दिएका छन् भने सम्पुर्ण गीतहरुमा बिसीको नै एकल शब्द रचना छ । त्यस्तै एरेन्जरमा पनि बिसी नै हुन् ।
‘भाईब्स क्रियशन’ले बजारमा ल्याएको यो एल्बम बिमोचन कार्यक्रममा बोल्दै गायक घिमिरेले गीत संगीतमा क्षेत्रमा आफ्नो नामलाई उचाईमा पुर्याउने सपना स्वरुप यो एल्बम श्रोतामाझ ल्याएको भन्दै आगामी दिनमा पनि श्रोताको मन र भावना समेटिने यस्तै प्रकारका गीतहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे । साथै आफ्नो हजुरबुबा र हजुरआमाको सम्झना स्वरुप यो पहिलो एल्वम पनि उहाँहरु प्रति नै समर्पित गरेको बताए ।
कार्यक्रममा ट्युमरको बिरामी रहेका संगीतकार तथा सञ्चारकर्मी सुर्यकुमार क्षेत्रीको स्वास्थ्य उपचारमा सहयोगको लागी भाईब्स क्रियशनका प्रबन्ध निर्देशक पर्शुराम रिजाल तथा गायक घिमिरेको तर्फबाट रु। १० हजार एक सय एकाउन्न रुपैँया संगितकार संघका अध्यक्ष लक्ष्मण शेषलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया