विशाल चौतारी समाचार शुक्रबारबाट काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा जारी ‘तेस्रो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव’ आईतबार सकिएको छ । महोत्सबका लगि चयन भएको नेपाल सहित विभिन्न देशका लोकसागीत समेटिएका ३२ चलचित्र, बृत्तचित्र एवंम् गीतिदृष्य (म्युजिक भिडियो) प्रदर्शन गरियो ।
सो महोत्सबका लागि सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहदानी’को मारुनी गीत पनि चयन भएको थियो । महोत्सको तेस्रो दिन आईतबारको दोस्रो शोमा सो मारुनी प्रदर्शन गरियो । ‘नेपाली चलचित्रमा मौलिक लोकसंगीत एवम् नृत्यले स्थान पाउन छाडेको बेला चलचित्र राहदानीमा मारुनी पूर्वेली मौलिक लोक नृत्य तथा भाकाहश्र समेटिएको रहेछ । सोही कारण यो गीति दृष्यलाई महोत्सबमा चयनसागै प्रदर्शन गरिएको हो ।’ महोत्सबका अध्यक्ष रामप्रसाद काडेलले कार्यक्रममा प्रकाश पारे ।
लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको चलचित्र राहदानीको यो गीतको रिलिज गत १४ कात्तिकमा गरिएको थियो । डा. गोबिन्द कुसुमले लेखेको साउनको ठुलो झरी…बोलको यो मारुनी गितमा बसन्त सापकोटाको संगीत रहेको छ । निशा देशारको स्वरमा रहेको यो मारुनीको नृत्य निर्देशन राजु शाहले गरेका थिए । जसमा राहदानीका प्रमुख कलाकारले नृत्य गरेका छन् । चलचित्र राहदानीको रिलिज आउदो २८ चैतमा गरिने निर्माण पक्षको बताएको छ ।
प्रतिक्रिया