Bisal Chautari Logo

२ वर्षमा तयार गरिएको डकुमेन्ट्रि ‘गौरी’ हेरेर कलाकार किन भावुक बने ?

- ३ पुष २०७१, बिहीबार १४:३६ मा प्रकाशित


2 years, has been prepared Documentari ‘Gauri’ Why emotional watching artist became?
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
फोक्स्टन, २०७१, पौष ३, बिहिबार । चलचित्र कलाकार संघको अगुवाइमा मंगलबार ‘मानसिक समस्यामा परेका माथि सेलिब्रेटीको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा २ वर्ष लगाएर तयार गरिएको डकुमेन्ट्री हेरेर उपस्थित कलाकार तथा पत्रकारहरु भावुक बनेका छन् । राजधानीको अन्र्नपुर्ण होटलमा केही दिन अगाडी सम्पन्न कार्यक्रममा दर्जन बढी कलाकारले सहभागीता जनाएका थिए । 2 years, has been prepared Documentari 'Gauri' Why emotional watching artist became
मानसिक समस्यामा रहेकासग प्रत्यक्ष रुपमा कार्य गर्दै आएको कोशिस नेपालका प्रतिनिधि चिकित्सकले सहभागी कलाकारहरुसंग अन्र्तक्रिया गरेका थिए । अन्र्तक्रियामा सहभागी कलाकारको निचोड थियो, ‘डिप्रेसन’ को कक्षा आवश्यक छ । अन्र्तक्रियामा कोशिस नेपालले मानसिक समस्यामा परेकी ‘गौरी’ नामक महिलाको उद्धार, उपचार र पुर्नस्थापनाको भिडियो डकुमेन्ट्री देखाएको थियो । गौरीको उक्त भिडियो हेरेर अन्र्तक्रियामा सहभागी सेलिब्रेटी भावुक बने ।
अन्र्तकृयामा कलाकार संघका अध्यक्ष नवल खड्का सहित शिव श्रेष्ठ, रमेश बुढाथोकी, भुवन चन्द, सुभद्रा अधिकारी, लक्ष्मी गिरी, किरन केसी, दिपाश्री निर्रौला, शंकर विसी, रोशनी केसी लगायत कलाकारहरु सम्पन्न अन्र्तक्रिया कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया