Bisal Chautari Logo

अमिर र निशाको एक्सनले ‘मिसन पैसा २’ फाल्गुनमा (भिडियो तथा फोटो सहित)

- ३ पुष २०७१, बिहीबार ०४:२४ मा प्रकाशित


Nisha Adhikari and Aamir Gautam movie Mission Paisa 2
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
फोक्स्टन, २०७१, पौष ३, बिहिबार । निर्माण भएको केही बर्षपछि चलचित्र ‘मिसन पैसा २’को प्रदर्शन मिति तय भएको छ । अब, यो चलचित्र फाल्गुण १५ गते प्रदर्शनमा आउने पक्का भएको छ ।Nisha Adhikari and Aamir Gautam movie Mission Paisa 2 (2)
हिजो काठमाण्डौको राईजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको हो । Nisha Adhikari and Aamir Gautam movie Mission Paisa 2 (1)प्रिन्सेस मुभिजको व्यानरमा बनेको यो चलचित्रमा माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी छ । कार्यक्रममा बोल्दै निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले चलचित्र प्रदर्शनमा केही ढिलाई भएपनि राम्रो चलचित्र हलसम्म ल्याउन लागेको बताए । उता अभिनेता रेश महरठ्ठाले राम्रो बिषयमा चलचित्र बनाउन केही समय लाग्ने खुलाए । यो चलचित्रमा अभिनेत्री निशा, अभिनेताद्धय रेश र आमिरलाई चलचित्रमा एक्सन अवतारमा देख्न सकिन्छ भने, अभिनेत्री हर्सिका श्रेष्ठलाई कामुक युवतीको दृश्यमा ।
एक्सन तथा कमेडी बिषयमा बनेको यो चलचित्रमा निशा अधिकारी, आमिर गौतम, रेश महरठ्ठा, हषिर्का श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा हरी हुमागाइको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको एक्सन, स्वगिर्य पाण्डव सुनुवारको संगीत छ ।

Featuring Nisha Adhikari, Aamir Gautam, Resh Marhattha and Harshika Shrestha.
Produced by Madhav Wagle Narendra Maharjan | Directed by Simosh Sunuwar

[gss ids=”7192,7191,7190,7187,7186″]

प्रतिक्रिया