Bisal Chautari Logo

राजकुमार राईको ‘वान वे’ गोला प्रथाबाट छनौट हुदै फागुन १ गते रिलिज हुने

- २ पुष २०७१, बुधबार १९:३२ मा प्रकाशित


Rajkumar Rai movie one way
विशाल चौतारी समाचार
फोक्स्टन, २०७१, पौष २, बुधबार । चर्चित निर्माता राजकुमार राईको निकै आसा गरिएको चलचित्र ‘वान वे’ गोला प्रथाबाट छनौट हुदै फागुन १ गते रिलिज हुने पक्का भएको छ । Rajkumar Rai movie one wayगोलाप्रथाको प्रसंग हो, नेपाली चलचित्रका चचिर्त दुई निर्माता राजकुमार राई र प्रदीपकुमार उदयले निर्माण गरेका आ–आफ्नो चलचित्र ‘वान वे’ र ‘अधकट्टी’ फागुन १ गते अल नेपाल रिलिजको तयारी गरिरहदा बुधबार दुवै निर्माता एकै ठाउ भेला भएर गोला प्रथा गरेर एउटा मात्र चलपचत्र लगाउने निधो गरेका छन् । जस अनुसार गरिएको गोलाप्रथामा राजकुमारले फागुन १ गते फिल्म रिलिज गर्न पाउने भएका छन् ।
दुई चचिर्त निर्माताको चलचित्र जुध्ने भएपछि चलचित्र निर्माता तथा वितरक नरेन्द्र महर्जन र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको सक्रियतामा समस्या समाधान गर्न गोला प्रथाको काम गरिएको थियो । नेपाल चलचित्र निर्माता संघको कार्यालयमा आयोजित कार्यक्रममा दुई वटा कुपन बनाइएको थियो, जसमा एउटा खाली थियो भने अर्कोमा फागुन १ गते लेखिएको थियो । प्रदिपले खाली कुपन तान्दा राजकुमारको हातमा भाग्य चिठ्ठा परेको थियो ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राईले चलचित्रको प्रदर्शनमा बाटो खुलाउने यस्तो किसिमको काम अन्यले पनि सिक्नु पर्ने बताए । उता प्रदिप उदयले भने–‘हामी दुवैजना चलचित्र क्षेत्रको प्रतिष्ठित संस्थासग आबद्ध छौं, हामै सिनेमा जुध्दा अन्यलाई पनि नराम्रो अर्थ लाग्छ भन्ने हिसाबले सहमतिको बाटो रोजेका हौं ।’ चलचित्र संघका पूर्व महासचिवसमेत रहेका प्रदीपले भने । सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘वानवे’ हो भने ‘अधकट्टी’का निर्देशक सञ्चारकर्मी सुब्रत आचार्य हुन् । निर्माता उदयका अनुसार आफ्नो सिनेमा विदेशको प्रदर्शनपछि नेपालमा प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया