Bisal Chautari Logo

चर्चित गीतकार निलम आङबुहाङको तेस्रो गीति एल्बम ‘निलम’ सार्बजनिक (भिडियो सहित)

- २ पुष २०७१, बुधबार १८:५३ मा प्रकाशित


Neelam Angbuhang Rai albam Neelam
विशाल चौतारी समाचार
फोक्स्टन, २०७१, पौष २, बुधबार । चर्चित गीत ‘पुरानो हुदैन माया’ बोलको गीतकी रचनाकार निलम आङबुहाङ राईको तेस्रो एल्बम ‘निलम’ सार्वजनिक भएको छ । केही दिन अगाडी बेलायत, फोक्सटन सर्नक्लिफको फेमिली कम्युनिटी सेन्टरमा गीतकार निलम आङबुहाङ राईले तेस्रो गीति एल्बम सार्वजनिक गराएका हुन् । Neelam Angbuhang Rai albam Neelam (2)
यससंगै चर्चित निर्देशक मिलन चाम्सद्धरा निर्देशित सोही एल्बमका दुई म्युजिक भिडियो ‘मेरी प्रियतमा’ र ‘बिबस्ताले’ बोलको गीतहरुको म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । Neelam Angbuhang Rai albam Neelam (1)निलम आङबुहाङ राईको सभापतित्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा २ प्रमुख अतिथी आरजिआरका गोर्खा मेजर, मेजर प्रेम बहादुर गुरुङ, बिशेष अतिथीहरु नेपाली महिला संघ, लण्डनका महा–सचिव तथा गीतकार शशी थापा सुब्वा र बिएफबिएस गोर्खा रेडियोका स्टेशन मेनेजर लाल शाही लगायत गीतकार स्वयमले एल्बमको विमोचन गरेका थिए । 
एल्बम बिमोचन गर्नु अगाडी गीतकारको बारेमा तयार पारिएको व्यक्ति चित्र प्रदर्शन गरिएको थियो । सार्वजनिक भएको एल्बमको समिक्षा गर्दै गीतकार इश्वर चाम्लिङले गीतकारको पोट्रेट कबिता बाचन गर्दै गीतकारलाई निलो हिराको उपमा दिएका थिए । सरल भाषा शैलीमा मन छुने गीत लेखेर गीतकार निलम आङबुहाङ राई नेपाली सांगीतिक बजारमा स्थापीत गीतकार हुन सफल रहेको चर्चा गरेका थिए । गीतकार राईले निलम आङबुहाङ राईको गीति लेखनका बिभिन्न पक्षहरुको चर्चा गर्दै अघिल्लो एल्बम जुनी जुनी जस्तै एल्बम ‘निलम’ को सफलताको शुभकामना ब्यक्त गरे ।

गीतकार निलम आङबुहाङ राईको एकल शब्द रहेको निलम एल्बममा ७ वटा गीतहरु समावेश छन् । गीतहरुमा सुरेश अधिकारी, शान्तिराम राई, बीबी अनुरागी, खगेन्द्र पन्धाक लिम्बु र रमेश खड्काको संगीत रहेको छ भने रीमा गुरुङ, हेमन्त शर्मा, स्वरुपराज आचार्य, मिलन अमात्य, शाहिद मालिया, लक्ष्मण लिम्बु र बीबी अनुरागीको अवाज सुन्न सकिन्छ ।
गितकार निलम आङबुहाङ राईको जुनी जुनी भाग १ र भाग २ को सफलतापछि यो तेस्रो एल्बम बजारमा आएको हो । पहिलो पटक एकल शब्द रचनामा विविध संगीतकार अनि गायक गायिकाहरुको आवाज समेटिएको गीति एल्बमले स्रोतोताहरुलाई नौलो स्वाद दिने अपेक्षा गरिएको छ । गीतकार निलम आङबुहाङ राईको नया एल्बमलाई निलम क्रिएसनको व्यवस्थापनमा बजारमा ल्याइएको हो ।

प्रतिक्रिया