Bisal Chautari Logo

गोपिकृष्णले ७ वटा सिनेमाको निर्माण घोषणा गर्‍यो

- २ पुष २०७१, बुधबार १७:३७ मा प्रकाशित


Gopi Krishna movies has reveled its production and distribution of seven films
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष २, बुधबार ।
कार्यक्रममा गोपीकृष्ण मुभिजले केही चलचित्रकर्मीसग सहकार्य गर्दै सन् २०१५ मा ७ वटा चलचित्र निर्माण गर्ने घोषणा गरियो । जसमा अभिनेत्री करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, निर्देशक गणेशदेव पाण्डेसंगै भैरव सापकोटा र दुई बंगलादेशी चलचित्र निर्माता छन् । Gopi Krishna movies has reveled its production and distribution of seven films (2)
बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीव(एनएफडीसी)को सभाकक्षमा गरिएको कार्यक्रममा गोपीकृष्णका संस्थापक अध्यक्ष उद्धव पौडेलले एनएफडीसी एनलग सिष्टमबाट पूर्ण रुपमा डिजिटल प्रविधिमा प्रवेश गरेको घोषणा गरे । भने, ‘अब एनएफडीसीलाई विकास गर्दै अन्तर्राष्ट्रिय चलचित्र केन्द्र बनाउने सोच पनि राखेका छौं ।’ यसअघि बलिउड र हलिउडका चलचित्रको वितरण गर्दै आएको गोपिकृष्णले नेपाली चलचित्र पनि अबबाट वितरण गर्ने जनाएको छ । जसअनुसार उनले चैत्र २७ गतेबाट चलचित्र ‘सेतो बाघ’को वितरण गर्नेछ ।
त्यस्तै गोपीकृष्ण ग्रुप अफ कम्पनिज् र नेपाल चलचित्र विकास कम्पनी –एनएफडीसी) की अध्यक्ष निकिता पौडेलले आफ्नै लगानी र संयुक्त लगानीमा उक्त चलचित्रहरु निर्माण गरिने प्रस्ट्याइन् । यसबाहेक गोपीकृष्णले अभिनेत्री करिश्मा मानन्धरसगको निर्माण सहकार्यमा पनि अर्को सिनेमा बनाउने सोही कार्यक्रममा जानकारी दिइयो । नाम तय भई नसकेको उक्त चलचित्रको निर्देशन सम्झना उप्रेती रौनियारको रहनेछ । चलचित्रमा शिल्पा पोखरेल र नव अभिनेता सुवास पराजुलीको मुख्य भूमिका रहने जनाइएको छ ।Gopi Krishna movies has reveled its production and distribution of seven films (1)

त्यसैगरी, निर्देशक गणेशदेव पाण्डेसगको सहकार्यमा चलचित्र ‘सुनीता’ पनि सन् २०१५ भित्रै निर्माण सम्पन्न गरिने बताइएको छ । भने बंगलादेशका दुई निर्मातासग पनि गोपीकृष्णले फिल्म निर्माणका लागि सहकार्य थालेको छ । कम्पनीले चलचित्र निर्माणका साथै सन् २०१५ मै ७वटै चलचित्रको वितरण गर्ने पनि जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी तथा सुचना सञ्चार मन्त्री मिनेन्द्र रिजाल र निर्माता संघका अध्यक्ष राजकुमार राईले बोलेका थिए ।

Gopi Krishna movies has reveled its production and distribution of seven films

namrata shrestha

Gopi Krishna movies has reveled its production and distribution of seven films. The announced films will be distributed and produced within the year 2015.
The romantic cinema ‘Homework‘ which will be directed by Nirak Poudel will also inaugurate their shoot soon. The film stars Aaryan Sigdel, Namrata Shrestha and Bijay Lama in the lead.
Actress Karishma Manandhar will also be investing in a movie with Gopi Krishna which will be directed by Samjana Rauniyar.
Another cinema ‘Sunita‘ has also been included in the list. The cinema will be directed by Ganesh Dev Pandey. He has already directed cinemas like “Malati ko vatti‘ and “Manjari“. Actress Namrata Shrestha will also be joining hands with Gopi Krishna for another cinema.
Karishma Manandhar, Nepali cinema Nepali cinema Gopi Krishna film announcement Namrata Shrestha, Nepali cinema Dr. Minendra Rijal and Uddav Poudel, Nepali cinema Nepali cinema Gopi Krishna film announcementBangladeshi directors Shahil Ahamad and Jahagir Kabul Ballu has also joined hands with Gopi Krishna. Both of them were present at the event. Nir Shah directed cinema ‘Seto Baag‘ which will hit screens from 10th of April will be the first film distributed from Gopi Krishna.

 

प्रतिक्रिया