Bisal Chautari Logo

नम्रता श्रेष्ठले प्रोडक्सन कम्पनी खोल्दै ‘सोल सिस्टर’ बाट बनिन् निर्मात्री (फोटो सहित)

- १ पुष २०७१, मंगलवार ०५:०० मा प्रकाशित


Namrata Shrestha now producer movie ‘Soul Sister‘
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष १, मंगलबार । नेपाली चलचित्र क्षेत्रमा निकै लामो समयदेखी चर्चित अभिनेत्रीको नाममा परिचित रहेकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठको अब नया परिचय थप भएको छ । उनी चलचित्र ‘सोल सिस्टर’बाट निर्मात्रीपनि बनेकी हुन् । नम्रताले हिजो टंगाल स्थित आफ्नै रेष्टुरेन्ट ‘एटिक’मा एक औपचारीक कार्यक्रमको आयोजना गर्दै प्रोडक्सन कम्पनी र नया चलचित्रको टिजर सार्वजनिक गरेकी हुन् । Namrata Shrestha now producer movie ‘Soul Sister‘ (5)
अभिनेत्री नम्रताले कार्यक्रमा आफू पहिलो पटक निर्मात्री बनेको सिनेमा ‘सोल सिस्टर’को ट्रेलर लन्चसंगै रिलिज मिति तथा मनोरञ्जन कम्पनी हाइली हाइ इन्टरटेनमेन्टको घोषणा समेत गरिन् । कार्यक्रममा बोल्दै ‘यो कथामा सिनेमा बनाउने भनेर प्रशान्त र म विगत दुई वर्षदेखि कुरा गरिरहेका थियौ ।’ नम्रताले थपे– ‘ सिनेमाको विषयवस्तु अत्यन्त राम्रो भएकोले बक्स अफिसमा पनि राम्रो गर्ने अपेक्षा गरेको छु । आफ्नो सोच अनुसारको काम गरौ भनेर कम्पनीको सुरुवात गरेकी हू । हाइली हाइ इन्टरटेन्मेन्ट सुरु गर्नूको उद्देश्य खुलाउादै नम्रताले बताइन् । नम्रताको कम्पनीले सिनेमा निर्माणसागै संगीत तथा विभिन्न इभेन्टका कार्यक्रमहरु गर्ने नम्रताले नै बताएकी छिन् ।Namrata Shrestha now producer movie ‘Soul Sister‘ (6)
कार्यक्रममा सिनेमाको ट्रेलर संचार मन्त्री डा. मिनेन्द्र रिजालले सार्वजनिक गरे । ट्रेलर हेरेपछि संक्षिप्त प्रतिक्रिया दिदैं संचारमन्त्रीले सिनेमाको ट्रेलरबाट आफूले सिनेमा गुणस्तरीय बनेको आशा रहेको बताए । त्यस्तै अभिनेता राजेश हमालले प्रशान्तको कामबाट आफू प्रभावित रहेकाले सिनेमा खेलेको प्रतिक्रिया दिए ।
सिनेमालाई सिक्किमेली निर्देशक प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । रसाईलीले यसअघि भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ तथा ‘कथा’ निर्देशन गरेका थिए । सिनेमा ‘सोल सिस्टर’लाई स्वयंम प्रशान्तले लेखेकापनि हुन् । सिनेमामा माया पात्रको भूमिकामा रहेकी नम्रताका अलावा सिक्कमेली कलाकारहरु दिपक शर्मा तथा शकुन्तला वैध बैंकर रविना देशराज श्रेष्ठ तथा राजेश हमाल मुख्य भुमिकामा रहेका छन् ।Namrata Shrestha now producer movie ‘Soul Sister‘ (4)
सस्पेन्स थ्रिलर कथा रहेको सिनेमालाई काठमाडौं, सिक्किम तथा दाजिलिङमा छायाङकन गरिएको हो । चलचित्र ‘सोल सिस्टर’ यही माघ १ गते रिलिज हुनेछ । यस संगै सिनेमाको औपचारिक प्रचार–प्रसार पनि सुरु भएको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7117,7119,7120,7113,7115,7118,7114,7110,7109″]

Namrata Shrestha now producer movie ‘Soul Sister‘

teaser of upcoming new Nepali movie ‘Soul Sister‘ was also shown at the event. Prashant Rasaily directed cinema ‘Soul Sister’ is the first venture of Highly High entertainment which is all set to hit screens from January 15th, 2015. The thriller movie stars Namrata Shrestha, Deepak Sharma, Sakuntala Vidya, Rajesh Hamal and Raveena Desraj Shrestha.
Highly High entertainment had already organized a successful event titled ‘Nep Hop Evolution‘ few months ago

COMMENT HERE

प्रतिक्रिया