Bisal Chautari Logo

‘पुन्टे परेड’को फस्टलुक सार्वजनिक

- ११ जेष्ठ २०७१, आईतवार ११:५१ मा प्रकाशित


punte parade nepali movie
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, जेठ ११, आइतवार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पुन्टे अभिनेताहरुको वर्चश्व कायम रहेझै भएको छ । यस्तै क्रममा पहिलो चलचित्र ‘सायद’बाटै सफल्ता पाएका अभिनेता संयम पुरीको मुख्य भूमिका रहेको पछिल्लो चलचित्र ‘पुन्टे परेड’को फस्टलुक सार्वजनिक गरिएको छ । गत शनिवार राजधानीमा एक औपचारीक कार्यक्रमको बिच सार्वजनिक गरिएको फस्टलुक पोष्टरमा अभिनेता संयमको चुलबुले पात्रको रुपलाई देखाइएको छ ।
चलचित्रमा भर्खरै एसएलसी पास गरे क्याम्पस पढ्न गएका टिन एजर्स को कथा रमाइलो किसिमले कथामा प्रस्तुत गरेको निर्देशक सुवास कोइरालाले बताए । यस अघि ‘अपवाद’ र ‘आवरण’ चलचित्र निर्देशन गरिसकेका कोइरालाले यस चलचित्रमा भने बिशुद्ध मनोरंजन पस्किएको बताए । यसै गरी यस अघि ‘आई एम सरी’ चलचित्र निर्माण गरेका निर्माता हरि महतले पनि सिनेमाले दर्शकको मन जित्ने विस्वास व्याक्त बताए । चलचित्रमा हरि संगै सुरज कोइरालाको पनि लगानी रहेको छ ।
चलचित्रमा संयम संगै एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि, स्वेता थापाको अभिनय रहेको छ भने बिशेष भूमिकामा अभिनेत्री प्रियंका कार्की पनि देखिदै छिन । कार्यक्रममा बोल्दै संयमले चलचित्र ‘सायद’ पश्चात निकै अफर आएपनि आफू सुहाउदो न भएकोले चलचित्र नगरेको बताए ।यो चलचित्र हेर्दा सबैले आफ्नो कलेजको दिनहरु सम्झनु हुनेछन्’ संयमले बताए । यस चलचित्रमा कथा निलु डोमा शेर्पाको रहेको छ भने पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ । चलचित्र श्रावण २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

ad

प्रतिक्रिया