Bisal Chautari Logo

सुरज सुब्बाको चलचित्रबाट डन मनाङेका छोरा ‘वान वे’बाट डेब्यु

- १४ मंसिर २०७०, शुक्रबार ११:३२ मा प्रकाशित


विशाल चौतारी सम्वाददाता
काठमाडौं, १३ मंसिर । चचिर्त डन दीपक मनाङेका छोरा सिद्धार्थ गुरुङलाई चर्चित निर्देशक सुरज सुब्बा नाल्बोले लिएका छन् । नव अभिनेताको रुपमा डेब्यु गरेका सिद्धार्थलाई निर्देशक नाल्बोले आफ्नो पछिल्लो चलचित्र ‘वान वे’मार्फत रजतपटमा भित्रयाएका छन् ।
सुटिङ सकिएर पोष्ट प्रोडक्सन भइरहेको यस चलचित्रमा निर्माता संघका अध्यक्ष राजकुमार राईको लगानी रहेको छ । शहरी युवाको रात्रीकालिन जीवनमा आधारित ‘वान वे’मा सिद्धार्थको अभिनयबाट आफू सन्तुष्ट भएको निर्देशक सुरजले बताएका छन् । सिद्धार्थलाई अभिनेत्री करिष्मा मानन्धर र रक स्टार रबिन तामाङका छोराको भूमिकामा देख्न पाइने भएको छ ।चलचित्रमा अभिनेत्री करिश्मा, रबिन, सिद्धार्थसँगै आकाश खवास, माला सुब्बा, प्रकाश ओझा, श्याम राई, लगाएतका कलाकार मुख्य भूमिका रहेको छ । तक्मे बुढाका रुपमा परिचित विल्सन विक्रम राईलाई पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा देख्न पाइने छ । आरसी पिक्चर्सको सातौं प्रस्तुतिको निर्माण भएको ‘वान वे’मा रविन एण्ड द न्यू रेभुलुसन र डम्बर नेपालीको संगीत छ । चलचित्रको मुख्य छाँयाकार हरि लामा हुन् भने टेकबहादुर राई र दिपेन्द्रप्रसाद थपलियाले लामालाई साथ दिएका छन् ।
watch add this video

प्रतिक्रिया