Bisal Chautari Logo

uma bebi : १० कक्षा पढ्दा–पढ्दै सेक्स अनुभव लिए

- १४ मंसिर २०७०, शुक्रबार १५:२१ मा प्रकाशित


model : uma bebi
photographar : rajib shreshtha [ photo bank, bagbajar ]
make-up : shantu tamang
विशाल राई
पछिल्लो समयमा नेपालि चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्मात्रीको रुपमा चिनिने उमा बेबी कलाकारीताको सफल्तामा मोड्लिङको महत्वपुर्ण भुमिका हुने बताउँछिन् । भारतको सिक्किममा १९८४ मा जन्मिएकी उमा १४ वर्षको उमेर देखिकै मोड्लिङमा लागेकि थिईन् । उनले बताए अनुसार मोड्लिङमा उनि १९९७ देखि सुरुवात गरेकि थिईन् ।
सिक्किममा कल्चरल डान्सबाट आफुले मोड्लिङमा पाईला राखेको अभिनेत्री उमा बेबीले बताईन् । सिक्किममा आफुले एल्वमको म्युजिक भिडियो हुदै, विभिन्न विज्ञापनहरुमा मोड्लिङ गरेको बताईन् । सिक्किममै बसेर उमाले करिव २ दर्जन म्युजिक भिडियोपनि गरेको बताईन् । भनिन्–‘मोड्लिङ गर्दागर्दै सिक्किममै आफुले धेरै चलचित्रहरुमा अभिनयपनि गरेको थिए । सायद मोड्लिङबाट नआएको भए चलचित्रमा सफल्ता पाउन सक्दिन थिए होला ।’ नेपालि चलचित्र क्षेत्रमा आफुलाई बरिष्ठ चलचित्र निर्देशक तुलसि घिमिरेले ल्याएको बताईन् । मोड्लिङमै सकृय हुदादुदै आफुलाई नेपालि चलचित्र क्षेत्रमा भित्राएको अभिनेत्री तथा निर्मात्री उमाले बताईन् । चलचित्र ‘लहना’को अडिसनमा आफु जादा निर्देशक तुलसी घिमिरेसंग भेट भएको उमाले बताईन् । अडिसनमा जादा सानै उमेर भएकाले तुलसि घिमिरेले फोन नम्वर लगेर करिव ५–६ वर्षपछि फोन गरेर नेपालि मोड्लिङ क्षेत्रमा भित्राएको बताईन् । नेपालमा आएर पहिलो चोटि आफुले निर्देशक तुलसिसंग टेलिसिरीयल झझल्को गरेको बताईन् । सो टेलिसिरियलमा आफु नै मुख्य क्यारेक्टरमा भएकोपनि उमाले बताईन् । नेपालि चलचित्रमा चाहि अभिनेत्री उमाले निर्देशक तुलसिकै चलचित्र जुनेलीबाट डेब्यु गरेकि थिईन् ।
नेपालि चलचित्र क्षेत्रका मनपर्ने कलाकारहरुमा अभिनेत्री करिष्मा मानन्धर र अभिनेतामा भुपेन चन्द रहेको बताईन् । भनिन्–‘करिस्मा दिदिको अभिनय हेरेर म आफुलाईपनि केहि नयाँ गर्ने कौसिस गरेरहेकि छु । र भुपेनको कलाकारीता धेरै राम्रो छ । उहाबाटपनि मैले धरै कुरा सिकेकी छु’, अभिनेत्री उमाले बताईन् ।सौर्यसंगको कुराकानीकै क्रममा फरक प्रसंगको कुराको क्रममा प्रेमको बारेमा अभिनेत्री उमाले केहि भावुक भएर बताईन् । संसार प्रेम बिना अधुरो रहेको बताउदै अभिनेत्री उमा बेबीले प्रेम नै जिवन रहेको प्रश्ट्याईन् । सेक्सको धारणा राख्दै अभिनेत्री बेबीले उमेर पुग्ने बित्तिकै सेक्स गर्न नमिल्ने बताईन् । १६–१७ वर्ष पुगेपछि उमेर पुग्यो भनेर विवाह बन्धन नजोडी सेक्स गर्न नमिल्ने धारणा अभिनेत्री बेबीले राखिन् । भनिन्–‘मैले १० कक्षा पढ्दा पढ्दै बिबाह गरे । बिबाह गर्न भन्दा अगाडि मैले कुनैपनि पुरुषहरुसंग सेक्स सम्वन्ध राखिन । विवाहपछि त राख्न परिहाल्यो । र समाजलेपनि सो सम्वन्धलाई स्विकारर्य हुन्छ ।’

प्रतिक्रिया