Bisal Chautari Logo

महेश र मिनाक्षी बिहेको २ महिनापछि सामाजिक सञ्जाल मार्फत सार्वजनिक

- १५ मंसिर २०७०, शनिबार ०९:०० मा प्रकाशित


काठमाडौ, १५ मंसिर । पछिल्लो समयका चर्चित संगितकार महेश खड्का म्यूजिक भिडियो निर्देशन गरेर चर्चामा आउँदै गरेकी निर्देशीका मिनाक्षी कोइरालासँग सुटुक्क बिहे गरेपछि लुकेर बसेका थिए । बिबाह गरेको करिव २ महिनापछि तर यि जोडि सामाजिक सञ्जालको माध्ययम मार्फत सार्वजनिक भएका छन् । संगितकार महेशले आफ्नी दोश्रो श्रीमती मिनाक्षिसंगको फोटो फेसबुकमा लगाएर सार्वजनिक भएका हुन् । संगितकार महेशको दोस्रो बिबाह भएको कारण यि दुई जोडि बिबाह बन्धनमा बाधिएपनि गुपचुपमै थिए । संगितकार महेशले निर्देशीका मिनाक्षीलाई दोश्रो श्रीमतीको रुपमा घर भित्राएका हुन् ।
नेपालि साङ्गितिक क्षेत्रमा दुबै सकृय भएकालेपनि यि दुईको जोडि अगाडि बढेको थियो । संगितकार महेश र निर्देशीका मिनाक्षीले यसै वर्षको दशैमा करिब ५ बर्ष लामो प्रेमसम्बन्धलाई बिहेमा परिणत गरेका थिए । यसपछि काठमाडौको बानियाँटारमा रहँदै आएका यि दुई जोडि बाहिर देखिएका थिएनन् । तर महेशले बिहे गरे पश्चात दुइजनाको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेका छन् । पहिलो श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि संगितकार महेशले मिनाक्षीसंग प्रेम गरेको बुझिएको छ । १ छोरा र श्रीमतीलाई पुख्यौलि घर खोटाङ मै छोडेर संगितकार महेशले दोश्रो बिहे गरेका हुन् । म्युजिक भिडियो निर्देशिका मिनाक्षीसँग दोश्रो बिहे गरेपछि महेशको बारेमा आलोचना पनि हुँदै आएको छ । मिनाक्षीको परिवारले पनि यि दुइलाई स्विकारी सकेको वुझिएको छ । सबैतिरबाट राम्रो भएपछि महेशले दुई जनाको फोटो सार्वजनिक गरेको बुझिएको छ ।

प्रतिक्रिया