Rajesh payal rai song Laljodi nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २८, आइतबार । नेपाली पाश्र्व तथा आधुनिक गायनका नम्बर एक चर्चित गायक राजेश पायल राईले चलचित्र एउटा साथीबाट निर्देशक बनेका रंग पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो चलचित्र लालजोडीको एक गीत रेकर्डिङ गरेका छन् ।
आफ्नो दोस्रो साङगीतिक कन्र्सट सकेर केही दिन अगाडी काठमाडौ आइपुगेका चर्चित गायक राजेश पायल राईले हिजो शनिबार पत्रकार सुवेदीको सिनेमामा गीत रेकर्डिङ गराएका हुन् । दिलासा क्रिएसनको ब्यानरमा निर्देशक सुवेदी स्वयं निर्माता रहेको चलचित्रको ‘आज त क्या ब्युटी भा’की छौ… बोलको गीत शनिबार काठमाडौं प्लाजास्थित ड्रिम्स स्टुडियोमा रेकर्ड गरियो ।
चर्चित राजेशपायल राई र मनीषा पोखरेलले गाएको सो गीत दिनेश सुवेदीले लेखेका हुन् भने संगीत टंक बुढाथोकीले दिएका छन् । १९ माघबाट सुटिङ सुरु हुने चलचित्रका कलाकार र प्राविधिकको चयन कार्य भइरहेको निर्देशक सुवेदीले बताए । कमेडी लभस्टोरी लालजोडीको स्क्रिप्ट निर्देशक स्वयंले लेखेका छन् । चलचित्र बबाल बनाउने योजनामा लागेका सुवेदी कुशल संचारकर्मी मात्र नभइ एउटा साथीबाट अब्बल निर्देशकका रुपमा पनि सावीत भइसकेका छन् ।
प्रतिक्रिया