Bisal Chautari Logo

सोनाक्षी ‘बुलेट राज’पछि लगातार ‘आर राजकुमार’को प्रोमोशनमा

- १५ मंसिर २०७०, शनिबार १३:२५ मा प्रकाशित


मुम्बई : बलिउड चलचित्र उद्योगमा पछिल्लो समयमा अभिनेत्री सोनाक्षी सिन्हा सबैभन्दा ब्यास्त रहेकि छिन् । चलचित्रको अभिनयमा मात्र नभएर अभिनत्री सोनाक्षी आफुले अभिनय गरेको चलचित्रको प्रोमोशनको कारणले व्यास्त रहेकि छिन् । अभिनेता सैफ अली खान र अभिनेत्री सोनाक्षिद्धरा अभिनीत चलचित्र ‘बुलेट राजा’को प्रर्दशनपछि अभिनेत्री सोनाक्षी आफ्नो पछिल्लो चलचित्र ‘आर राजकुमार’को प्रमोशनमा व्यास्त रहेकि छिन् । केहि दिन अगाडि अभिनेत्री सोनाक्षी दुई चलचित्र बुलेट राजा र आर राजकुमारको प्रोमोशनमा व्यास्त रहेकि थिईन् ।यि दुई चलचित्रको प्रोमानको क्रममा धेरै चोटि अभिनेत्री सोनाक्षीलाई ‘आर राजकुमार’लाई धेरै प्रोमोशनमा जुटेको र ‘बुलेट राजा’लाई खासै प्रोमोशनमा ध्यान नदिएको आरोप लागेको थियो ।
मुम्बईमा आयोजना गरिएको एक कार्यक्रममा अभिनेत्री सोनाक्षी ब्राउन रङको सारी र मल्टिकलरको ब्लाउज पहिरीएर उपस्थित भएकि थिईन् । सो ड्रेसमा अभिनेत्री सोनाक्षी निकै कामुक देखिरहेकि थिईन् । उनिसंगै सो कार्यक्रममा चलचित्र ‘आर राजकुमार’को मुख्य अभिनेता शाहिद कपूर र चलचित्रका निर्देशक प्रभु देवापनि उपस्तिथ भएका थिए । (एजेन्सी)

प्रतिक्रिया