Bisal Chautari Logo

‘धेरै समयपछी नेपाली चलचित्र हेरेर रोए’ : ८ वर्षिया निर्देशकको ‘लव यु बाबा’ प्रिमियर प्रतिक्रिया

- २५ मंसिर २०७१, बिहीबार १३:५६ मा प्रकाशित


eight year old kid Saugat Bista Nepali movie Love You Baba Premiere

ब्रेकर : ‘८ वर्षिया निर्देशक सौगातको सिनेमा ‘लव यु बाबा’ले प्रिमियरमा सबैको आसु झर्‍यो  ’

विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, मंसिर २५, बिहिबार । हुने विरुवाको सानैदेखी चिल्लो पात भन्ने उखान सबैले सुनेको हुन सक्छ । यही भनाई जस्तै नेपाली चलचित्र क्षेत्रका लागी चिल्लो पात बनेर भित्रिएका छन्, नव निर्देशक सौगात विष्ट । उमेर मात्र आठ वर्ष, तर उनको कामले भने सबैजनालाई रुवाई दिएको छ । eight year old kid Saugat Bista Nepali movie Love You Baba Premiere (1)
यही आठ वर्षीया सौगात विष्टद्धरा निर्देशित चलचित्र ‘लभ यू बाबा’को प्रिमियर गरिएको छ । eight year old kid Saugat Bista Nepali movie Love You Baba Premiereबुधबार साझ सिभिल ट्रेड सेन्टरमा गरिएको प्रिमिरमा सहभागी अधिकाशं चलचित्रकर्मीदेखी रंग पत्रकारहरु सिनेमा हेरेर बारम्बार रोएका छन् । सहभागी सबै रुनको अर्थ आठ वर्षीया सौगातको चलचित्रलाई रुचाएको छ । चलचित्र हेरीसकेपछी हलबाट बाहिरिंदा अधिकाशं मानिसहरु आखा मिच्दै आसुहरु लुकाउदै बाहिरीएका थिए ।
उता चलचित्रकी बाल अभिनेत्री संगम विष्टलेपनि सबैको तारिफ पाउन सफल रहिन् । बाल अभिनेत्री संगम निर्देशक सौगात विष्टकी दिदि हुन् । विश्वकै कान्छो चलचित्र निर्देशकको रुपमा सौगातको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउने प्रक्रिया समेत भैरहेको छ ।
चलचित्र ‘लभ यू बाबा’ हेरेपछि सबैको कमेन्ट ‘धेरै समयपछी नेपाली चलचित्र हेरेर रोए ।’ सिनेमा हेरी सकेपछी बोल्दै चर्चित गायकदय सत्यस्वरुपले सिनेमा हेरेर पटक पटक रोएको खुलाए । त्यस्तै युवा बिजनेशम्यान अलाईभ ग्लाइडरले आफ्नो फेसबुक प्रोफाइलमा लेखेका छन् :

Alive Glider :- आठ बर्सीय बालक सौग़ात बिष्ट को अपत्यारिलो निर्देशन छमता देखेर म आफै चकित खाए ! चलचित्र “लभ यू बाबा”बोलिचीलीको भाषा मा नाम सुन्दा जति सजिलो सब्द हो बास्तबिकता मा चलचित्र हेरे पछि आम नेपालीको मन ,मुटु छुनेछ र जस्को मिनिंग थाहा हुन्छ । म जस्तो कठोर मन मुटु भएका मान्छे को आँखा बाट आसुका बर्षाद भयो।eight year old kid Saugat Bista Nepali movie Love You Baba Premiere (6)

सोचेभन्दा फरक कथाबस्तु संगै कलाकार हरुको मिठ्ठो प्रस्तुतीकरण अझ सबै भन्दा छोरी संगम को अभिनयमा अत्भुत छमता देखेर त म झनै चकित भए ।
मेरा ब्यापारी तनाव भित्र बाट निकालेको तिन धण्टा को समय बितेको पत्तै भएन ।
हुनत यो बिस्वमै पहिलो सानो उमेरको निर्देशक को रुप मा द गिनीज़ बुक अफ वर्ल्ड रेकर्ड को लागी तयार भए पनि चलचित्र ले पनि रेकर्ड न टोड्ला भन्न सक्दिन। यो द गिनिज बुक अफ वर्ल्ड रेकर्ड मा सौग़ात बिष्टको नाम लेखिनु उ र उस्का परिवारको लागी मात्र होईन हामी आम नेपाली र हाम्रो देस नेपालीको इज़्ज़त ,नाम र सान हो ।
गौरव गरौ र एक पटक यो चलचित्र पनि हेरौ हामी नेपालीले हेर्नै पर्ने चलचित्र छ लभ यू बाबा ।
अनन्त
मैले भन्नै पर्दा सानो उमेरको निर्देशक सौगात बिष्ट र अत्यन्तै ऊत्कृष्ट अभिनयकी धनी छोरी सगंम बिष्ट साथै मेरा आत्मीय साथी गजीत बिष्टको स-परिवारले द गिनीज़ बुक अफ वर्ल्ड रेकर्ड मा नाम राख्न सर्क्ने कलाकारीता छमता देखे ।
निर्देशक सौग़ात बिष्ट संगै स-परिवार लाई द गिनीज़ बुक अफ वर्ल्ड रेकर्डका लागि शुभकामना दिन चाहान्छु धन्याबाद । alive_glider २०७१/८ /२५ रोज़ सुभम् ।

फोटो फिचर हेर्नुहोस्

[gss ids=”7034,7033,7032,7037,7028″]

मंसिर २६ गते शुक्रबारदेखि अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ यू बाबा’ मा गजित विष्ट, निश्मा घिमिरे, निर्मल शर्मा, अशिस्मा नकर्मी लगायतको अभिनय छ । दिव्यराज सुवेदीको छायाकन रहेको चलचित्रमा गम्भिर विष्टको नृत्य निर्देशन अनि चन्द्र पन्तको दन्द्ध निर्देशन छ । कथा अभिनेता विष्ट स्वयम्कै हो । चलचित्रमा लगानी सम्झना पोखरेल र रोशनी बज्रचार्यको छ ।

Nepalese eight-year-old kid Saugat Bista talks about his Nepali movie `Love You Baba` with media during its premiere in Kathmandu, Nepal, Dec. 9, 2014. Bista is in an attempt to be the youngest director to break the Guinness World Record of Indian kid Kishan Shrikanth who directed a film at the age of 9.

eight year old kid Saugat Bista Nepali movie Love You Baba Premiere

Comment Here

प्रतिक्रिया