Bisal Chautari Logo

राई इज किङको बिहेलाई यो वर्ष के ले छेक्यो ?

- २५ मंसिर २०७१, बिहीबार ०६:३१ मा प्रकाशित


Rajesh Payal Rai of marriage the hindered of this year?
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २५, बिहिबार । बलिउडमा अभिनेता सलमान खानको बिबाहलाई के कुराले छेक्छ, त्यो भन्न सकिन्न । तर नेपाली सांगीतिक क्षेत्रका चचिर्त गायक राजेशपायल राईको बिबाहलाई भने जोड–बिजोड नियमले छेकेको छ । सायद जोड–बिजोड नम्बरको नियम गायक राजेशपायलमा लागू नभएको भए उनले यही वर्ष घरजम बसाल्न सक्थे । Rajesh Payal Rai of marriage the hindered of this year (1)
भर्खरै आफ्नो दास्रो अमेरीका साङगीतिक कन्र्सट सकेर नेपाल आएका गायक राजेशपायल राईले आफ्नै नियमले घरजम बसाल्न रोकेको कुरा खुलासा गरेका हुन् । राई इज किङ गायक राजेशपायलले विशाल चौतारीसंग कुराकानि गदै भने, ‘यो २०७१ वष बिजोडी वर्ष भएकाले मात्रै बिबाह नभएको हो ।’ उनको भनाइ अनुसार उनी २०७२ साल लाग्ने वित्तिकै घरजम गर्नेछन् । गायक राजेशपायलले अनौपचारिक कुराकानीमा बोले, ‘जोडी वर्षमै जोडी बाध्ने सुरमा छु । र, यति सम्झिनुस् कि राजेशपायल राईको बिहे पक्का भो ।’ Rajesh Payal Rai of marriage the hindered of this year (3)जोडी बाध्नका लागि जोडी अंकजाल बुनिरहेका राजेशपायललाई बिजोड नफापेका भने होइन । पहिलो कुरा त उनी सिंगल छन् अर्थात् बिजोडी । यस्ता बिजोड संयोगहरु उनीमा थुप्रै जुरेको छ । तीमध्ये पछिछल्लो उनको अमेरिकाको सांगीतिक भ्रमण पनि हो । राजेशपायल राई ७३ दिन अमेरिकाको विभिन्न राज्य तथा सहरमा कार्यक्रम गरेर मंसिर २१ मा काठमाडौं फर्केका हुन् । त्यस्तै, अमेरिकाको ७३ दिने सांगीतिक भ्रमणका क्रममा १७ वटा एकल सोमा उनी प्रस्तुत भएका थिए । उनका अनुसार नेपाली कुनैपनि कलाकारले यति लामो अमेरिकाको सांगीतिक यात्रा गरेका छरैनन् । नेपाली रकस्टारका रुपमा समेत चचिर्त गायक राजेशपायलको विगतदेखि वर्तमानसम्म हेर्दा ‘बिजोड अंक’ फापेकै छ । तर, जोडी बाध्ने कुरामा भने उनी ‘जोडी अंक’ किन चाहन्छन् त ?
‘जोडी बाध्नेजस्तो कुरा सामान्य होइन’ राजेशपायल भन्छन्, ‘साइत त हेर्नै पर्‍यो नि ।’ गत असारमा अभिनेता राजेश हमालले जोडी बाधेपछि राजेशपायलले पनि जोडी बाध्न रहर गर्न थालेका हुन् । उनलाई जोडी बाध्ने रहर छ भन्ने कुरा बेलाबेला फेसबुकमा अपडेट भएका स्टाटसले पनि बताउछ । केही समयअघि राजेशपायलले आफ्नो फेसबुक वालमा राजेश हमाल र उनकी पत्नी मधुको फोटो अपलोड गर्दै लेखेका थिए, ‘मितज्यूको भयो, अब मेरो पालो ।’ तर, रहर गरेरमात्र त हुदैन । समय पनि हुनपर्‍यो । गायनमै व्यस्तताका कारण ‘आइलभ यु’ भन्ने युवतीहरुलाई ‘आई लभ यु टु’ समेत फर्काउन समय नहुने राजेशपायल राईको २०७२ सालमा बिहे पक्का होला त ?

Rajesh Payal Rai of marriage the hindered of this year?

Comment Here

प्रतिक्रिया