Bisal Chautari Logo

बिहीबारदेखि पर्वतीय फिल्म महोत्सव कुमारी हलमा

- २४ मंसिर २०७१, बुधबार १९:५२ मा प्रकाशित


kimff 12th kathmandu international mountain film festival
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २३, मंगलबार । काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको १२ औं संस्करण बिहीबार कमलपोखरीस्थित कुमारी सिनेमा हलमा सुरु हुने भएको छ । पाचदिने महोत्सवको उद्घाटनमा भोजराज भाटको फुटबलसम्बन्धी डकुमेन्ट्री ‘सुनाकली” प्रदर्शन गरिनेछ ।kimff 12th kathmandu international mountain film festival
हिमाल एसोसियनको आयोजना रहेको महोत्सवमा भाग लिन साढे दुई सयभन्दा बढीले इच्छा देखाए पनि २० राष्ट्रका ८० वटा फिक्सन, डकुमेन्ट्री, छोटा र प्रयोगात्मक, एनिमेसन तथा फिल्ममात्र प्रदर्शनका लागि छानिएका छन्।
त्यस्तै छोटा फिल्महरुको प्रतिस्पर्धामा हरेक वर्ष सहभागिता बढिरहेकोमा महोत्सव अध्यक्ष बसन्त थापाले सन्तोष व्यक्त गरे। उनले भने, ‘हामीले महोत्सव सुरु गर्दा नेपाली युवामाझ डकुमेन्ट्री वा फिल्ममेकिङमा यति उत्साह थिएन तर समयक्रममा हामीले युवाहरुको फिल्ममेकिङमा ठूलो उत्साह देख्यौं। सायद यसको श्रेय हामीले पनि पाउनेछौं।” महोत्सवको अन्तिम दिन अर्थात् सोमबार रुसी सांस्कृतिक केन्द्रमा पनि फिल्म देखाइने जनाइयो। ‘हाम्रो इच्छा त राष्ट्िरय सभागृहमा देखाउने थियो तर सरकारले हल दिन नचाहेका कारण हामी कुमारी सिनेमा हलमा जान बाध्य भयौं,” निर्देशक थापाले गुनासो गरे। महोत्सवलाई रोचक बनाउन यसपटक विभिन्न देशबाट ३५ जना विदेशी फिल्म निर्देशक, निर्माता र अवलोकनकर्तासमेत आउने भएका छन्। ‘दोस्रो संस्करणमा बढी विदेशी फिल्मकर्मीहरको सहभागिता थियो, त्यसपछि यति बढी आएका भनेको यसै पटक हो,” थापाले खुसी व्यक्त गरे।
पत्रकार कुन्द दीक्षितले ‘नो योर हिमाल” नामक हाजिरीजवाफ कार्यक्रमलाई निरन्तरता दिने भएका छन्। सर्वोत्कृष्ट तीन फिल्मलाई क्रमश: १५ सय, १ हजार तथा ५ सय डलरको पुरस्कार वितरण गरिनेछन् भने नेपाली पनोरमा विधाका उत्कृष्ट फिक्सन तथा ननफिक्सन फिल्महरुलाई चलचित्र विकास बोर्ड र थेम्स इन्टरनेसनल कलेजले ५०–५० हजार रुपैयाँ दिनेछन्।
महोत्सवमा हिमाली जनजीवनबारे हेनरी इडनले खिचेका तस्बिरहरु प्रदर्शन गरिनेछ। इडोनले तस्बिर खिच्दाका रोचक प्रसंग दर्शक तथा श्रोताहरुसँग बाँड्नेछन्। यसपटक ‘कन्टाजियस अप्राटियन्स अफ डम्बरे डेन्ड्राइट” लिएर आएका पूजा गुरुङ र विभूषण बस्नेतले फिल्ममा सडक बालबालिकाको अवस्था देखाउन खोजेको बताए। पत्रकारहरुले उनलाई सोधे, ‘हरेकपटक फिल्म महोत्सवमा छनोटमा पर्ने सूत्र चाहिँ के रहेछ? उनले भनिन्, ‘आफूलाई छोएको विषयमा मन लगाएर बनायो भने महोत्सवमा छानिन्छ।”
तर महोत्सवकै लागि भनेर आफूले फिल्म नबनाउने पनि उनले प्रष्ट्याइन्। १० दिन लगाएर खिचिएको १८ मिनेटको फिल्मका लागि लगभग सात लाख रुपैयाँ खर्च भएको बताइन्। तर यत्रो रकम जुटाउन छोटा फिल्मका निर्देशक र सर्जकलाई निकै कठिन हुने उनको अनुभव छ ।

प्रतिक्रिया