Punarjanma nepali movie released date new announce
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २४, बुधबार । फागुन १५ मा सार्वजनिक हुने भन्दै पत्रकार सम्मेलन समेत गरेको चलचित्र पुर्नजन्म ले आफ्नो प्रदर्शन मिति सार्दै फागुन २२ मा पुर्याएको छ । फागुन १५ मा स्वर्गीय निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको अन्तिम सिनेमा ‘अझै पनि’ प्रदर्शन हुने भएपछि आफ्नो प्रदर्शन मिति सार्दै एकहप्ता पर लागिएको निर्माता मोहन कृष्ण श्रेष्ठले बताए ।
हामीले यस क्षेत्रमा लागेर पाउने भनेकै सम्मान हो र त्यसका लागि कन्जुस्याइा गर्न हुन् । हामी आलोकजीलाई सम्मान गर्दै आफ्नो चलचित्र उहाको सिनेमासंग नजुधाउने निर्णयका साथ फागुन २२ मा पुगेका हौ’, निर्माता श्रेष्ठले बताए । साथै निर्माता श्रेष्ठले अन्य निर्मातालाइ पनि सो मितिमा चलचित्र नजुधाउन आग्रह गरे । आलोकजीलाइ हाम्रो श्रद्धाञ्जली नै यहि हो , फागुन १५ मा अन्य चलचित्रकर्मी साथीलाई पनि फिल्म नल्याउन आग्रह गर्न चाहन्छु निर्माता श्रेष्ठले स्व. निर्देशक नेम्वाङ प्रतिको हार्दिकता देखाए ।
सत्य घटनामा आधारित भनिएको फिल्म पुर्नजन्म ले मनोरञ्जनसंगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा मोहन कृष्ण श्रेष्ठसंगै भऽ बहादुर शाहीको पनि लगानी रहेको छ । एम।के। इन्टरटेनमेन्ट प्रा।लि।को व्यानरमा निर्मित यस फिल्मलाइ निर्देशनसंगै सम्पादन पनि स्वयम् निर्देशक सजन श्रेष्ठले नै गरेका छन् ।
यस चलचित्रमा आर्यन सिग्देल , केकी अधिकारी , गजित बिष्ट , सुस्मिता शाही , मिथिला शर्मा , विजय लामा , लाल्क्ष्मी गिरि , रश्मी भट्ट , देशभक्त खनाल , रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको यस फिल्मलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् । शिव ढकाल र नवरा कृष्ण थापाले संयुक्त रुपमा खिचेको यस फिल्ममा द्वन्द अष्ट महर्जनको रहेको छ भने यसलाई रोहितररत्नले वितरण गर्नेछन ।
प्रतिक्रिया