Bisal Chautari Logo

सात विधामा फिल्म क्रिटिक्स अवार्ड

- १२ जेष्ठ २०७१, सोमबार १५:३३ मा प्रकाशित


ficson-award-2071
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ १२, सोमबार । नेपाली चलचित्र क्षेत्रमा फेरी एउटा अर्को अवार्डपनि थपिने भएको छ । नेपाल चलचित्र समीक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ आयोजना गर्ने भएको छ । २०७० सालमा रिलिज भएका नेपाली फिल्महरुलाई मूल्यांकन गरी सात विधामा अवार्ड दिइनेछ ।
काठमाडौंमा अध्यक्ष यज्ञशको नेतृत्वमा सोमबार बसेको समीक्षक समाजको बैठकले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधाहरुमा अवार्ड दिने निर्णय गरेको छ ।

२०७० सालमा रिलिज भएका फिल्ममध्येबाट ‘सर्ट लिस्ट’ छानिइने छ । ‘सर्ट लिस्ट’ तयार पार्नका लागि दीपेन्द्र लामाको संयोजन, पुनम महर्जन र विष्णु शर्मा सदस्य रहेको छनोट समिति गठन गरिएको छ । ‘सर्ट लिस्ट’मा परेका फिल्महरु समीक्षक समाजका सबै सदस्यले अवलोकन गर्नेछन् । फिल्म हेरेका सदस्यहरुको मतदानका आधारमा विजेता छानिनेछन् । समाजले विजेताको सूची आगामी असार १ का दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ । विजेतालाई ट्रफी तथा प्रमाणपत्र चाहि सूची सार्वजनिक भएको केही दिनपछि हस्तान्तरण गर्ने योजना समाजले लिएको छ । फिल्म मूल्यांकनका मापदण्डहरु जुरी संयोजक अनुप सुवेदीले तयार पार्नेछन् । समाजले हरेक वर्ष अवार्डलाई निरन्तरता दिनेछ ।

ad

प्रतिक्रिया