Bisal Chautari Logo

‘कफि विथ करण’मा सल्मानले अहिले सम्म भर्जिन रहेको बताए

- १७ मंसिर २०७०, सोमबार ११:२० मा प्रकाशित


मुम्वई : बलिउडका चचिर्त अविवाहित अभिनेता सलमान खान अझैपनि कुमार रहेको खुलासा भएको छ । बलिउडका प्राय धेरै अभिनेत्रीहरुसँग बारम्बार नाम जोडिने अभिनेता सलमानले आफूलाई कुमार भएको कुरा निर्देशक करण जोहरको रियालिटि कुराकानि ‘कफि विथ करण’मा बताएका छन् । र आफ्नो कुमारलाई तोड्न सुहागरातलाई बचाईरहेको अभिनेता सल्मानले बताएका छन् । यो कुरा सुनेपछि निर्देशक करण जोहरपनि तिन छक्क परेका थिए । सो कुरा सुनेपछि निर्देशक जोहरले अभिनेता सल्मानलाई सोधेका थिए कि यि कुरा सबै मजाक हो भनेर तिन–तिन चोटि । तर अभिनेता सल्मानको मुखबाट तिनै जवाफ हाइन भन्ने आएको थियो । अभिनेता सल्मानले भनेका थिए–‘म अहिले सम्म भर्जिन हु ।’
कार्यक्रमको विचमै अभिनेता सल्मान खानले यति मात्र होईन, आफ्नो गर्लफ्रेन्डपनि नरहेको बताएका थिए । अभिनेता सल्मानले बताएका थिए कि ‘रिलेशनसिपमा कुनैपनि दबाब हुनुहुदैन र मान्छे प्रेममा बाधिरएर रहनुपनि हुदैन ।’ तर अभिनेता सल्मानको बलिउड चलचित्र क्षेत्रमै ११ अभिनेत्रीहरुसंग नाम जोडिएको थियो । यि अभिनेत्रीहरुमा संगीता बिजलानी, सोमी अली, स्नेहा उल्लाल, एश्र्वया राय वच्चन र कट्रिना कैफ अभिनेता सल्मानसंगको प्रेम सम्वन्धमा रहेका थिए ।
सलमानले आफूलाई एक्लै सुत्न मन पर्ने पनि खुलाएका छन् । अभिनेता सल्मानले कार्यक्रममा बताएका छन्, कि ‘समाजले आफूहरुलाई बिहे भन्दा अघि यस्तो किसिमको सम्बन्ध राख्नको लागि टाढै राखेको छ ।’ अभिनेता खानले पूर्व प्रेमिका संगीता विज्लानीसँग बिहेको कुरा पनि भैसकेको खुलाएका छन् । संगीतासँगको बिहेका लागि कार्ड पनि छापिसकेको सलमानले खुलासा गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया