Bisal Chautari Logo

दोश्रो मिस मिस राई हुने

- १७ मंसिर २०७०, सोमबार १२:०६ मा प्रकाशित


काठमाडौ, १७ मंसिर । किराती नयां वर्ष यलेदोङ ५०७४ को अवसरमा यहि माघ १ गते किरात राई मौलिक कला संस्कृति केन्द्रले दोस्रो संस्करण अन्तर्गत मिस राई २०७० प्रतियोगिता आयोजना गर्दैछ । गत वर्ष सम्पन्न पहिलो मिस राई प्रतियोगितामा ओखलढुंगाका युमा राईले ताज जित्न सफल भएकी थिईन ।
मिस राई २०७० मा सहभागी हुनका लागि राई युवतिहरु कम्तीमा एसएलसी उत्तीर्ण, १६ वर्षदेखी २५ वर्ष भित्रका, अविवाहित तथा कम्तीमा उचाई ५ फिट हुनुपर्ने आयोजकले बताएको छ । पहिलो अडिसन पूर्वाञ्चलका लागि दमक मंसीर २३ गते र दोस्रो अडिसन काठमाण्डौ मंसीर २७ गते आयोजना हुनेछन् । उक्त कार्यक्रमको फाईनल माघ १ गते शनिवार राष्ट्रिय नाचघर जमलमा हुने बताइएको छ ।विजेता मिस राईलाई प्रमाणपत्र, नगद पचास हजार रुपैया सहित मिस राई अवार्ड गरिनेछ भने किरात राई समुदायमा तिन चुलाको मुख्य भूमिका रहने हुंदा प्रतियोगिताको पहिलो (बंशज चुलो), दोस्रो(कुटुम्व चुलो) र तेस्रो (समाज चुलो) रनरअपलाई प्रमाणपत्र, नगद क्रमश २०–२० हजार रुपैया रकम सहित तिन चुलाको आधारमा अवार्डहरु वितरण गरिनेछन् । अन्य विशेष टाईटलहरुमा किरात दर्शन अनुसार मिस फोटोजेनीक(निनाम्मा), मिस डिसीप्लिन(हेन्खामा), मिस ट्यालेन्ट(सुम्दिमा), मिस फ्रेन्डसीप(बाखाम्मा), मिस बेस्ट ड्रेस(सारुमा), भ्युअर च्वाइस अवार्ड(तायामा) र मिस पर्सनालीटी(खियामा) रहनेछन् ।
किरात विद्यान ब्यक्तित्वहरुबाट पनि विशेष रुपमा जातिय पहिचानका बारेमा प्रशिक्षणको व्यवस्था गरिएको आयोजकले बताएको छ । किरात भूमि ऐतिहासीक धरोहरको पदयात्रा संगै जातिय भेषभुषाका, भाषा, धर्म र संस्कृतिका बारेमा प्रशिक्षण प्रदान गरिनेपनि बताइएको छ ।

प्रतिक्रिया