Bisal Chautari Logo

चौथो व्याकुल माइला गोल्डकपको दूधकोसी किनारमा भब्य सुरुवात (फोटो फिचर सहित)

- २४ मंसिर २०७१, बुधबार १६:१३ मा प्रकाशित


Byakul Mail Gold Cup 2071
विशाल चौतारी समाचार
दूधकोसी किनार ९ओखलढुंगा०, २०७१, मंसिर २४, बुधबार । व्याकुल माइला गोल्डकपको चौथौं संस्करण मंसिर २१ गतेदेखि ओखलढुंगाको थाक्ले–८, सोक्मटारमा भब्य रुपमा सुरुवात गरिएको छ । Byakul Mail Gold Cup 2071 (2)
राष्ट्रगान सर्जक व्याकुल माइलाको नाममा स्थापित यस प्रतियोगिता उनको जन्मथलो सोक्मटारमा पर्ने दूधकोसी किनारस्थित खेल मैदानमा सञ्चालन भइरहेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङले गोल हानेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालित यस प्रतियोगितामा १७ टिम सहभागी छन् । ओखलढुंगाबाट नयाा नेपाल सरोकार समाज, उाबु खेलकुद विकास समिति, मानेभञ्ज्याङ युवा समूह, मितेरी युवा क्लब, समाजसेवा युवा प्रावि, सयपत्री समर्पण युवा क्लब, सप्तरंगी प्रभाव युवा समूह, सौजन्य युवा क्लब, महाकाली उत्थान क्लब, फूलबारी युवा क्लब, नवसगरमाथा युवा क्लब, भीमसेनस्थान युवा क्लब, खोटाङबाट स्वर्गिक मार्ग युवा समूह, परिवर्तनशील सामुदायिक संस्था, त्रिवेणी सामुदायिक संस्था सिन्धुली, हिलेपानी फुटबल क्लब, ललितपुर, सुनकोसी युवा समूह उदयपुरको सहभागिता छ । Byakul Mail Gold Cup 2071 (1)
नकआउटका आधारमा सञ्चालित प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेल २५ गतेसम्म खेलाइने आयोजक हिलेपानी फुटबल क्बलले जनाएको छ । यस अवधिमा उाबु, त्रिवेणी र सयपत्री टिम अर्को चरणमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सहआयोजक नयाा नेपाल सरोकार समाजका साथै सप्तरंगी र परिवर्तनशील सामुदायिकको टिमले पराजय भोगिसकेका छन् । प्रतियोगिताको फाइनल खेल २९ गते हुनेछ ।
यस क्षेत्रका लागि गोल्ड कप विकासको प्रस्थान बिन्दु बनेको आयोजक संस्थाले जनाएको छ । ‘ओझेलमा परेको यस ठाउामा आशाको किरण छाएको छ’, आयोजकले जनाएको छ, ‘युवा एकता, सशक्तीकरण र क्षमता अभिवृद्धिको सुरुआत भएको छ ।’ सहआयोजकमा स्थानीय दूधकौसिका प्रावि र नयाा नेपाल सरोकार समाज पनि छन् ।Byakul Mail Gold Cup 2071 (19)

गोल्ड कपको यस संस्करणको उद्घाटनमा राष्ट्रगान सर्जक माइलाले फुटबलका माध्यमबाट गाउलाई दिगो विकासको बाटोमा अग्रसर गराउने स्थानीयवासीको आग्रहलाई आफूले समर्थन जनाएको उल्लेख गरे । ‘फुटबलका माध्यमबाट यस क्षेत्रलाई नमुना गाउा बनाउने अभियानको सुरुआत भएको छ । गोल्ड कपका बहुआयामिक लक्ष्यहरूछन्’, उनले भने, ‘गाउामा विकासको जग निर्माण गर्न गाह्रो हुादोरहेछ । रहरले सुरुआत गरियो, अब दायित्व पनि थपिएको छ ।’
प्राज्ञ मुकारुङले कविता लेख्न बुद्धि भए पुग्ने उल्लेख गर्दै फुटबल खेल्न बल र बुद्धि दुवै चाहिने धारणा व्यक्त गरेका थिए । जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिले यस गोल्ड कपलाई दूधकोसी किनारमा मात्र सीमित नराखी राष्ट्रव्यापी बनाउनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले राष्ट्रगान सर्जकको नामबाट थालिएको यस अभियानलाई निरन्तरता दिनका लागि सक्दो प्रयास गर्ने पनि जनाएका थिए ।
फुटबलका माध्यमबाट गाउामा विकासको सुरुआतसमेत भइसकेको गोल्ड कपका लागि गठित मूल समारोह समितिका संयोजक रक्षमान राईले सुनाए । गोल्ड कपलाई गाउा विकासको अभियानका रूपमा अघि बढाएपछि स्थानीय तहमा मात्र होइन, राष्ट्रिय स्तरमै विभिन्न योजना परिसकेको उनको भनाइ थियो । आयोजकका अनुसार फुटबल प्रतियोगिताकै अवसरमा स्वास्थ्य शिविर सञ्चालन, गीतसंगीत तथा कला क्षेत्र, मार्सल आर्टदेखि भाषिक, सांस्कृतिक तथा सामाजिक जनचेतनामूलक अन्य कार्यक्रम पनि हुादै आएका छन् ।
व्याकुल माइला कप फुटबल प्रतियोगिताको नामबाट २०६८ मा सुरु भएको यस प्रतियोगितालाई २०७० सालमा आएर व्याकुल माइला गोल्डकप नामकरण गरिएको थियो । पहिलो वर्ष नयाा नेपाल सरोकार समाज, दोस्रो वर्ष उदयपुरको सिर्जना युवा समूह र तेस्रो संस्करणमा उदयपुरकै सुनकोसी युवा समूह घुर्मी च्याम्पियन बनेका थिए ।

[gss ids=”6966,6957,6965,6964,6963,6962,6961,6960,6955,6954,6953,6956,6958,6952,6967,6968,6969,6970,6971,6976,6975,6974,6973,6972″]

प्रतियोगितामा प्रथम हुनेले चाादीको कपसहित नगद ५० हजार, दोस्रोले ३० हजारका साथ चाादीकै कप र तेस्रोले २० हजारका साथ चाादीको कप प्रदान गरिनेछ । यसका साथ दिलकर्ण बेस्ट टिम अवार्ड, बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट किपरलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया