Bisal Chautari Logo

पुन आर्यन र नम्रताको जोडि प्रेम दिवसमा

- १७ मंसिर २०७०, सोमबार १६:१४ मा प्रकाशित


विशाल चौतारी  समाचार
काठमाडौ, १७ मंसिर ।
नेपाली चलचित्र क्षेत्रमा निकै व्यास्त अभिनेता आर्यन सिग्देलको जोडी अभिनेत्री नम्रता श्रेष्ठसँग सुहाउने नेपाली चलचित्र क्षेत्रका फ्यानहरुले बताईसकेको छ । अभिनेता आर्यन र अभिनेत्री नम्रताले चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरेपछि यि जोडीलाई नेपाली चलचित्रका फ्यानहरुले धेरै रुचाएका थिए । तर चलचित्र मेरो एउटा साथि छ बा अभिनेता आर्यन र अभिनेत्री नम्रताको जोडीलाई दर्शकहरुले देख्न पाएनन् ।
तरपनि चलचित्र मेरो एउटा साथि छ का सफल जोडि अभिनेता आर्यन र अभिनेत्री नम्रतालाई निर्माता सुवास गिरीले पुन चलचित्र ‘नोभेम्बर रेन’बाट ल्याएका छन् । चलचित्रको छायांकन सकिएको निर्माण युनिटले बताएको छ । चलचित्रको छायांकन ५५ दिनमा सकिएकोपनि निर्माणपक्षले जनाएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘नोभेम्बर रेन’मा अभिनेता आर्यन र अभिनेत्री नम्रताको अलवा चर्चित पप गायक धिरज राईकी श्रीमति छुल्टिम डोल्मा गुरुङलाई पनि देख्न सकिन्छ । चलचित्रका धेरैजसो दृश्यहरुमा अभिनेता आर्यन र अभिनेत्री नम्रता पानीमा रुझेका छन् । जुन अघिल्लो चलचित्र मेरो एउटा साथि छ मा पनि यि दुई जोडि पानिमा रुझि सकेका थिए ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरसँग अभिनेता आर्यन सिग्देलको आफ्नै ब्यानर आर्यन सिग्देल ईन्टरटेन्मेन्ट प्रालीले मिलेर चलचित्र ‘नोभेम्बर रेन’ तयार पारिएकोपनि निर्माण युनिटले बताएको छ । चलचित्र ‘नोभेम्बर रेन’लाई प्रेम दिवसको दिनबाट नेपालभर प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षको छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको दन्द्ध, ताराप्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रको छायांकन धरान, काठमाण्डौ लगायतका स्थानमा गरिएको छ ।

प्रतिक्रिया