Bisal Chautari Logo

मोदीको सपथग्रहणमा सलमानसहित बलिउड कलाकारको उपस्थिती

- १२ जेष्ठ २०७१, सोमबार १६:११ मा प्रकाशित


Salman Khan In Oath Ceremony Of Narendra Modi
एजेन्सी
मुम्बई, भारतको नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ राष्ट्रपति भवनमा सपथ लिँदैछन् । चुनावमै देखिएको बलिउड–राजनीति सम्बन्ध आजको सपथ ग्रहणमा पनि झल्किने भएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार सपथग्रहण समारोहमा बिभिन्न देशमा भीभीआईपी अतिथिहरुसँगै बलिउृडका केही खास कलारहरुलाई पनि बोलाइएको छ । जसमा मोदीका फ्यान सलमान खानपनि उपस्थित रहेका छन् । आमन्त्रित कलाको पहिलो सूचीमा अभिनेता सलमान खानसंगै गायिका लता मंगेश्करपनि पहिलो लिस्टमा रहेका छन् । जसले गत जनवरीमा मोदीको सफलताका लागि आशिर्बाद दिएकी थिइन् । कार्यक्रममा स्मृति इरानी, हेमा मालिनी, धर्मेन्द्र, परेश रावल, सत्रुघन सिन्हा, बिनोद खन्ना र रेखा लगायतका कलाकारलाई पनि उपस्थित भएका छन् । त्यस्तै बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चन र दक्षिण भारतीय स्टार रजनीकान्तलाई पनि भीभीआईपीकै हैसियतमा सपथग्रहण कार्यक्रममा बोलाइएको छ ।

प्रतिक्रिया