Bisal Chautari Logo

प्रबिनको प्राईड बजारमा

- २० मंसिर २०७०, बिहीबार ११:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ : पछिल्लो समयमा नेपाली साङ्गितिक क्षेत्रमा संगितको व्यापार राम्रो नभएपनि एल्वम ल्याउने क्रम भने तिव्रता छाएको छ । काठमाडौका रहेक दिन खुलिरहेको म्युजिक स्टुडियोहरु ओपनिङको दुईदिन देखि भरिभराउ हुने गर्दछ । यहि नेपाली साङ्गितिक क्षेत्रको माहोलमा एउटा इटा थप्न नव गायक, संगितकार तथा गितकार प्रविन राई आफ्नो नयाँ एल्वम बजारमा लिएर आएका छन् ।
पेसाले सिभिल इन्जिनियरको विद्यार्थि भएपनि साङ्गितिक क्षेत्रलाई बच्चैदेखि मुख्य पेसा बनाउछु भनेर लागेका राई नेपाली साङ्गितिक क्षेत्रको माहोललाई बुझेर इन्जिनियरमापनि हात हालेको बताए । उनी गाउनमा मात्र होईन, शब्द सृजना र संगितमापनि उत्तिकै चासो राख्ने गर्छन् । यहि कारण प्रविनले पहिलो चोटि नै आफ्नै शब्द, संगित र स्वरमा एल्वम ‘प्राईड–म नेपाली हु’ ल्याएका छन् ।
६ गित समावेश एल्वममा गायक राईले एक म्युजिक ट्रयाटपनि समावेश गरेका छन् । ‘म नेपाली हु, घुम्न है जादा, ह्रदय मेरो, नलाउनु रैछ, यो मनले मागेको र प्रतिक्षा छ’ बोलका गितहरु एल्वममा समावेश गरेका छन् । म नेपाली हु बोलको शिर्ष गितलाई भने म्युजिक ट्रयाकमापनि समावेश गरेका छन् । एल्वममा ह्रदय मेरो बोलको गितलाई भने नकुल कार्किले संगित दिएका छन् ।

प्रतिक्रिया