Bisal Chautari Logo

२ दिनपछी आर्यन र केकीलाई फेरी डि सिने अवार्ड, मोक्ष उत्कृष्ट सिनेमा (फोटो फिचरसहित)

- १७ मंसिर २०७१, बुधबार १७:४८ मा प्रकाशित


d cine award 2014 aaryan sigdel and keki adhikari
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १७ बुधबार । अभिनेता आर्यन सिक्देल र अभिनेत्री केकी अधिकारीलाई यो साता अवार्डमय बनेको छ । त्यहीपनि २ दिनको अन्तरमा एउटै सिनेमाबाट यी दुई जोडीलाई अवार्ड आ–आफ्नो पोल्टामा परेको हो । d cine award 2014 aaryan sigdel and keki adhikari
आज कमलादी स्थित प्रज्ञा–प्रतिष्ठानमा ओयोजना गरिएको डि सिने अवार्डमा उत्कृष्ठ अभिनेताको अवार्ड आर्यन सिक्देललाई प्राप्त भएको हो भने अभिनेत्री केही केही अधिकारीलाई उत्कृष्ठ अभिनेत्रीको अवार्ड हात परेको हो । गत १५ गते आयोजित ‘कामना अवार्ड’मा उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड यही दुई जोडीले जितेका थिए ।
उता २ विधामा अवार्ड आत पारेको चलचित्र ‘मोक्ष’ उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । त्यस्तै ५ विधामा अवार्ड पाउदै सर्वाधिक अवार्ड प्राप्त गरेको चलचित्र ‘नाई नभन्नु ल २’का निर्देशक विकाश आचार्य उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । विभिन्न २२ विधामा प्रदान गरिएको अवार्डमा चलचित्र ‘छ एकान छ’लेपनि सर्वाधिक ५ विधामै अवार्ड प्राप्त गरेको छ ।shyam aryal d cine award 2014
समारोहमा क्रिटिक्स अवार्डबाट अभिनेत्रीतर्फ नम्रता श्रेष्ठ, अभिनेतातर्फ अर्पण थापा पुरस्कृत भए । यस्तै, छायांकार संजय लामा पनि क्रिटिक्स अवार्ड पाउन सफल भए । उता प्रोत्साहन अवार्ड फेशन डिजाइनर निलिमा शर्मालाई प्रदान गरियो भने पब्लिक च्वाइस अवार्ड चलचित्र ‘मोक्ष’का कलाकार कोशिश क्षेत्रीले प्राप्त गरे । कार्यक्रममा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो । ‘छायााछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरियो । कार्यक्रममा ‘जुरी अवार्ड’बाट भने चलचित्र ‘मौन’का निर्देशक सुरज भुषाल पुरस्कृत भए ।
निकै भब्य अनि मनोरञ्जनात्मक बनेको अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिती थियो । डीजिटल प्रविधिमा बनेका चलचित्रहरुलाई मात्र अवार्ड प्रदान गर्दै आएको छायाछवि क्रियशनले अवार्डको आयोजना गरेको हो ।d cine award 2014 photo
अवार्ड कार्यक्रममा विभिन्न आकर्षक रिलिजमा आउन लागेका चलचित्रका नृत्यहरु प्रस्तुत गरिएको थियो । भने पछिल्लो समयमा निकै ब्यास्त बनिरहेकी गायिका मेलिना राईले चलचित्र ‘नाई नभन्नु ल ३’ को गीत गाएकी थिइन् । उता संगीतकार तथा गायक तारा प्रकाश लिम्बु र गायिका रजिना रिमाल जोडीले एक गीत गाएका थिए । कार्यक्रमको बिचमा हास्य अभिनेता दिपकराज गिरी र हास्य अभिनेत्री दिपाश्री निरौलाले फिल्म अवार्ड सम्वन्धिकै प्रहशन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालनका लागी केही समय देखिएका राजा राजेन्द्र फुयाल सबैका सामु छाए ।

२२ विधामा प्रदान गरिएको अवार्डका विजेताहरु यसप्रकार छन् :–priyanka karki d cine award 2014

१. उत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
२. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
३. उत्कृष्ट दन्द्ध निर्देशक : चन्द्र पन्त (लोफर)
४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वीसी (बितेका पल)
५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
६. उत्कृष्ट गायिका : दुर्गा परियार (महशुश)
७. उत्कृष्ट गायक : प्रेम परियार (नाई नभन्नु ल २)
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २)
९. उत्कृष्ट नव नायिका : पुजा शर्मा (मधुमास)
१०. उत्कृष्ट नव नायक : श्याम अर्याल (प्रोड्यूसर)
११. उत्कृष्ट नव निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला (छ एकान छ)
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य (छ एकान छ)
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल २)
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी (छ एकान छ)
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल (बितेका पल)
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
१९. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुश)
२०. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य (नाई नभन्नु ल २)
२२. उत्कृष्ट चलचित्र : (मोक्ष)

फोटो फिचर हेर्नुहोस् 

[gss ids=”6857,6870,6858,6861,6862,6863,6864,6859,6860,6865,6875,6869,6868,6874,6873,6872,6867,6855,6866,6871,6856,6852″]

shyam-aryal puja-sharma ashisma-wilson-and-rista jharana-thapa
karisma-manandhar bidur giri mithila sharma sundar wilson bikram rai , priyanka-karki,

Comment Here 

प्रतिक्रिया