Bisal Chautari Logo

८ वर्षीया निर्देशक सौगातको ‘लभ यू बाबा’ हेरेपछि सेन्सर बोर्ड सदश्य रोए || सिनेमालाई यु सर्टिफिकेट

- १६ मंसिर २०७१, मंगलवार १८:०६ मा प्रकाशित


Saugat Bista 8 Years Old Director Love You Baba New Nepali Movie
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १६ मंगलबार ।  ८ वर्षीया सौगात विष्ट निर्देशित चलचित्र ‘लभ यू बाबा’ सेन्सर पास भएको छ ।Saugat Bista 8 Years Old Director Love You Baba New Nepali Movie (1)

चलचित्र ‘लभ यू बाबा’ हेरेपछि सेन्सर बोर्ड सदश्य लगायत सबै सिनेमा हेर्ने रोएका थिए । सेन्सरले यो चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ प्रमाण पत्र प्रदान गरेको छ ।Saugat Bista 8 Years Old Director Love You Baba New Nepali Movie (2)
चलचित्रमा समावेश कुनै पनि शब्द तथा दृश्य माथि कैंची नचलाई ८ वर्षीयाको ‘लभ यू बाबा’ लाई सेन्सर सदस्यले अत्याधिक रुचाएको समेत निर्देशक सौगातका पिता गजित विष्टले बताए । विष्टले भने, ‘चलचित्रलाई सबैले राम्रो भन्नु भएको छ । चलचित्र हेर्दा सबैको आखाबाट आसु खस्यो ।’ चलचित्रमा गजित र छोरी संगम विष्टको मुख्य भूमिका छ । बाबु र छोरीको भावनात्मक संवेदना प्रस्तुत गर्ने चलचित्रमा गजित र संगमसगै निश्मा घिमिरे, अशिष्मा नकर्मी र निर्मल शर्माको पनि अभिनय छ ।
यही मंसिर २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘लभ यू बाबा’ लाई सम्झना विष्ट र रोशनी बज्राचार्यले निर्माण गरेका हुन् ।

प्रतिक्रिया