Bisal Chautari Logo

प्रेममा त्यो सम्वन्धपनि आवश्यक छ

- २२ मंसिर २०७०, शनिबार ११:४३ मा प्रकाशित


मोडल : कबिसा श्रेष्ठ
फोटोग्राफर : राजिव श्रेष्ठ (फोटो बैकं, बागबजार)
मेकअप : सन्तु तामाङ

-विशाल राई
सानै उमेरदेखि मोड्लिङ रुचाउने मोडल कबिसा श्रेष्ठ फुल्लि रुपमा मोड्लिङ गर्न थालेको २ वर्ष मात्र भयो । वि.स. २०४७ सालमा दोलखामा जन्मिएकी कबिसाले स्कुल अध्ययन गर्दाताका देखिकै विभिन्न सिरियलहरुमा अभिनय गर्न थालेकी थिईन् ।
एनटिभी प्लसबाट प्रशारण हुने रामकाजि घिमिरेद्धरा ‘अच्चम्मै भयो’ मा अभिनयको सुरुवात गरेको मोडल कबिसाले, बताईन् । स्कुल अध्ययन गर्दाताका नै अभिनेता राज तिमल्सिनाको कल्चरमा अभिनय संगै नृत्यपनि सिकेकाले आफुलाई मोड्लिङमा जम्न सजिलो भएको उनले बताईन् । टेलिसिरीयलहरुमा अभिनय  गर्दागर्दै म्युजिक भिडियोमापनि व्यास्त भएको श्रेष्ठले बताईन् । उनले अहिले सम्म दुई वटा म्युजिक भिडियो गरिसकेको बताईन् । पहिलो म्युजिक भिडियोको रुपमा गायक श्याम मैनालिको ‘सम्झनाले यसरी सतायो’ बोलको गितमा मोड्लिङ गरेको कबिसाले बताईन् । कबिसाले केहि समय अगाडि चलचित्र ‘कुख्यात’ र ‘छल’मा अभिनय गरेकि थिईन् । पछिल्लो समयमा भने उनि छायाकन भईरहेको चलचित्र ‘आर्टिष्ट’मा व्यास्त रहेकि छिन् ।
अभिनेत्रीको रुपमा समेत परिचित भईसकेकि कबिसाको मोड्लिङ् प्रतिको धारणा भने फरक रहेको छ । उनको अनुसार मोड्लिङ गरेर आउने कलाकारको लागि चलचित्रमा सजिलो हुने उनको धारणा रहेको छ । क्यामेरा फेसदेखी लिएर धेरै कुराहरुमा मोड्लिङ गर्दा अनुभव संगालि सकेको हुनाले चलचित्रमा आउनपनि सजिलो हुने कबिसाको धारणा रहेको छ ।
अहिले सम्म प्रेम चक्करमा नपरेको बताउदै अभिनेत्री तथा मोडल कबिसाले भनिन्–अहिले म आफ्नो करीयर नै महत्वपुर्ण ठान्छु ।’ उनको बुझाई अनुसार सेक्सको धारणा चाहि मायाको प्रतिक रहेको बताईन् । प्रकृतिक कुरा हो, सबै सजिव प्राणिलाई सेक्स आवश्यक छ भने, मलाईपनि सो कुरा आवश्यक नहुने कुरै भएन–कबिसाले बताईन् । तरपनि अहिलेसम्म आफुले चाहि सो आवश्यकता पुरा नगरेको जिकिर गरिन् ।

प्रतिक्रिया